×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

कतारका राजा २२ घण्टा नेपालमा, के-के वचन दिएर फर्किए ?

१२ बैशाख २०८१

१२ वैशाख ,विराटनगर।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुईदिने राजकीय नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कएकामा फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्न आएका थिए। राजाको २२ घण्टाको २ दिने औपचारिक नेपाल भ्रमणका क्रममा उच्चस्तीय भेटघाट, राष्ट्रपतिद्वारा आयोजित रात्री भोज र प्रधानमन्त्रीद्वारा आयोजित दिवा भोजसहित नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठकमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिमले गरेका थिए । बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईले बताएका छन् । जसमा:

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी

६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण

यसअघि कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनको राजकीय भ्रमणलाई लिएर सरकारले मङ्गलवार सार्वजनिक बिदा दिएको थियो भने विमानस्थल पनि १ घण्टाका लागि पूर्ण बन्द गरिएको थियो । सडकहरु सिंगारिएको थियो विभिन्न जातजातिका भेषभूषा सजिएकाहरुले स्वागत गरेका थिए । उनी हिड्ने रुट खाली गरिएको थियो ।

जसले सडक हिड्नेहरुलाई केही असहज त भएको थियो भने सार्वजनिक विदा नै दिइएको बारेमा आलोचना पनि भएको थियो । जुन विषयमा गृहमन्त्री रवि लामिछानेले समेत स्पष्टिकण दिनु परेको थियो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कतारका अमिरको प्रतिनिधिमण्डलमा ८० जनाभन्दा बढी थिए ।

 

उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएका थिए । त्यहाँबाट कतारका अमिर सोझै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। अधिकारीहरूले राजकीय भ्रमणसँग सम्बन्धित तीनवटा विमानहरू मङ्गलवार र एउटा विमान सोमबार नेपालमा अवतरण भएको जनाएका छन्।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज आयोजना गरेका थिए । नेपाल अवतरण गरेपछि कतारका अमिरलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो। कतारका अमिरलाई विमानस्थलमा स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितका उच्च अधिकारीहरू थिए। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत पनि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको थियो । राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए ।

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।नेपालले महत्त्वका साथ उठाउँदै आएको र बहुप्रतिक्षित मानिएको श्रम सम्झौताको पुनरावलोकन भने यसपटक भएन । कतारसँग १९ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकन गर्ने नेपाल सरकारको इच्छा भएपनि कतारी पक्ष सकारात्मक नभएको हो ।

त्यस्तै यसअघि हुने भनिएको हात्तीका छावा उपहार स्वरुप नेपालले दिने सम्झौतामा पनि हस्ताक्षर भएन । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले बताए । अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी नै छ । सो महासन्धीमा नेपालले पनि हस्ताक्षर गरेको हुुनाले कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा ८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंको होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्रीसँग भ्रमणको अन्तिम दिन भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो । विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मुख्यतयः ६ मुद्दा उठाएका थिए । जसमा नेपाल र कतारबीचको सम्बन्ध, लगानी, श्रम (नेपाली कामदार), भू–राजनीतिक द्वन्द्व, विपीन जोशीको रिहाइ र जलवायु परिवर्तन । बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसामु सम्भावित लगानीका क्षेत्रहरू पनि प्रस्ताव गरेका थिए ।

“हामी नेपालमा लगानी गर्न उत्साहित छौँ,” बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुशार जवाफमा कतारका अमिर थानीले भने, “ऊर्जा, कृषि, स्वास्थ्य र एयर कनेक्टिभिटीका क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न हामी सकारात्मक छौँ ।” बैठकमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच नेपालमा सम्भावित लगानीका क्षेत्र पहिचान गर्न र सहकार्य विस्तार गर्न दुवै देशले एक÷एकवटा टिम बनाउने सहमति भएको सापकोटाले बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कतारी पक्षलाई कतार एयरवेजको उडान काठमाडौंमा मात्र नभई नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विस्तार गर्न आग्रह गरेका थिए । कतारका अमिरले कतारको विकास र समृद्धिमा नेपाली कामदारको ठूलो योगदान रहेको जनाउँदै नेपाली कामदारको पटक–पटक प्रशंसा गरेका थिए ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा भएको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । यसले अन्य खाडी राष्ट्रबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खोलेको आशा गरिएको छ ।

यो भ्रमणबाट नेपालले कत्तिको फाइदा उठाउन सक्यो ? नेपाल र कतारबीचको बहुप्रतिक्षीत श्रम सम्झौता पुनरावलोकन गर्न कतार किन मानेन ? तर थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता भनेर जनाएर गएको छ । त्यस्तै इजरायलमा अझै अज्ञात अवस्थामा रहेका नेपाली वीपिन जोशीको सकुशल रिहाईका लागि आवश्यक पहल गर्ने वचन पनि दिएको छ ।

Advertisement

भ्रमणकमा भएका सम्झौता र समझदारीको उपलब्धि कार्यान्वयन भने आगामी दिनमा देखिँदै जानेनै छ । कतारी राजाको उच्चस्तरीय नेपाल भ्रमण कस्तो रह्यो ? यसबारे तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top