दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान

दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान

१३ वैशाख , एजेन्सी ।
जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

बैंगलुरुले भने ८ खेलमा एउटा मात्रै खेल जितेको छ । बैंगलुरु तालिकाको पुछारमा छ । यसअघि हिजोको खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए । डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे । ओपनर ऋदिमन शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । ४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन बने । उनलाई ट्रिस्टन स्टुब्सले नटआउट २६ रन जोडे । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए ।

अक्षर पटेल र पन्तले चौथो विकेटका लागि ६८ बलमा ११३ रनको शतकीय साझेदारी गर्दै दिल्लीलाई खेलमा फर्काएका थिए। पन्तले टी–२० खेलमा बलरविरुद्ध सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन्। २६ वर्षीय पन्तले अनुभवी भारतीय फास्ट बलर मोहित शर्माको बलमा ७ चौका र ३ छक्कासहित १८ बलमा ६२ रन बनाए।

ओपनर पृथ्वी शाहले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे । गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट र नुर अहमदले १ विकेट लिए । समान ९ खेलमा ८ अंक जोडेका दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ। शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । यसअघि यी दुई टोलीबिच खेलिएको पहिलो खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.