एयरपोर्टमा घुमिरहेका नक्कली पाइलट पक्राउ

१४ वैशाख,एजेन्सी ।

भनिन्छ ठगका अनेक रुप र चाल हुन्छन् । प्रहरीको नियन्त्रणमा पुगेपछि यस्ता विभिन्न ठगहरुका कर्तुतहरु सार्वजनिक हुदै आएका छन् ।नक्कली चिकित्सक, नक्कली, सेना, प्रहरी, नक्कली प्रशिक्षार्थी बनेर ठगी गरेका घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय नक्कली पाइलट नै फेला परेका छन् । त्यो पनि विमानस्थलमा ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक नक्कली पाइलट पक्राउ परेका छन् । ती व्यक्ति पाइलटको पोसाक लगाएर एयरपोर्टमा घुमिरहेको अवस्थामा फेला परेका थिए ।सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ)ले नियन्त्रणमा लिएर ती नक्कली पाइलटलाई दिल्ली प्रहरीको जिम्मा लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५ अप्रिलमा एयरपोर्टको ‘स्काइवाक’ नजिकै एक व्यक्ति पाइलटको पोसाकमा घुमिरहेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा ती व्यक्तिले आफूलाई सिंगापुर एयरलाइन्सको पाइलट बताएको अधिकारीहरूको भनाइ छ । उनको घाँटीमा एक परिचयपत्रसमेत झुण्डिएको थियो ।

आरोपित २४ वर्षीय संगीत सिंह रहेको बताइएको छ । उनी भारतकै गौतमबुद्धनगर निवासी रहेको भारतीय सञ्चारमाध्यमहरूले खुलाएका छन् ।उनले बिजनेस कार्ड मेकर एपबाट सिंगापुर एयरलाइन्सको पाइलटको नक्कली परिचय पत्र बनाएको खुलासा भएको छ । उनले द्वारका क्षेत्रबाट पाइलटको पोसाक खरिद गरेको पत्ता लागेको अधिकारीहरूको भनाइ छ ।

सोधपुछका क्रममा संगीत सिंहले सन् २०२० मा मुम्बईबाट एक वर्षको एभिएसन हस्पिटालिटी कोर्स अध्ययन गरेको बताएका छन् । उनले आफू पाइलट रहेको भन्दै परिवारलाई समेत झुट बोल्दै आएको खुलासा भएको छ । परिवारले समेत उनलाई पाइलट ठान्थे र उनीहरूलाई खुसी पार्न उनी महिनामा केही दिन पाइलटको लुगा लगाएर घरबाट निस्कने र विमानस्थलबाट फोटो खिचेर पठाउने गर्थे ।

डिसेम्बरमा उनकी आमाको निधन भएपछि उनले बुबालाई खुसी पार्न यो काम गरिरहेको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीलाई उधृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरीले अभियुक्तको बयान क्रस चेक गरिरहेको दिल्ली प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top