इलाममा सुहाङले ११ हजार कटाए, मिलनको १५ सय, कसले कति पाए ?

इलाममा सुहाङले ११ हजार कटाए, मिलनको १५ सय, कसले कति पाए ?

१७ वशाख ,काठमाण्डौ।
इलाम–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता झनै बढेको छ । पछिल्लो ताजा मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म ११,०७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७३२४ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६९०१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १५१२ मत प्राप्त गरेका छन् । हालसम्म २७ हजार ८७५ मत गणना गरिएको छ । किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको निर्वाचन क्षेत्र हो माङ्सेवुङको ५ नम्बर वडा ।

यो वडामा पहिचान पक्षधर उमेदवार डकेन्द्रसिंह थेगिमले अन्य उमेदवारलाई पछि पारेका छन् । उनी यो वडामा उनी पहिलो स्थानमा रहे । निर्वाचन आयोगको तथ्यांक अनुसार धर्मगुरुले मतदान गरेको वडाबाट थेगिमले १ हजार ३२ मत पाएका छन् । यहाँ १ हजार १९३ मतगणना भएको थियो ।

धर्मगुरूको वडाबाट अन्य उमेदवार सय मत कटाउन सकेनन् । दोस्रो स्थानमा एमाले रह्यो । एमालेका सुहाङ नेम्वाङले ६९ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्काले ४९ मत प्राप्त गरे । रास्वपा उमेदवार मिलन लिम्बूले ३ मत पाएका छन् । गएको शनिबार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो ।

पछिल्लो मत परिणाम अनुशार इलाममा :
सुहाङ नेम्वाङ एमाले ११०७८

डम्बर बहादुर खड्का नेपाली कांग्रेस ७३२४

डकेन्द्र सिंह लिम्बु स्वतन्त्र ६९०१

मिलन लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टी १५१२

जीतबहादुर राई एकीकृत समाजवादी २५९

मनिबहादुर लिम्बु ,मंगोल नेशनल अर्गनाइजेसन २३०

प्रेमकुमार थाम्सुहाङ जनमत पार्टी ६५

रेशमबहादुर सुनार ,नेपाली जनता दल ६२

लक्ष्मी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी ५५

अर्जुनबहादुर शाही स्वतन्त्र २३

जयवन्त विक्रम शाह ,राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १८

दिपेश बोहोरा स्वतन्त्र १८

गणेशबहादुर चौहान, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १५

राज वश्याल स्वतन्त्र १४

श्यामबहादुर दर्जी, नेपाल मजदुर किसान पार्टी १३

मनोज निरौला स्वतन्त्र ३

योगेन्द्र गुरुङ स्वतन्त्र ३

धनराज राना मगर ,नेशनल रिपब्लिक नेपाल २

डाकप्रसाद गौतम ,स्वतन्त्र १ मत प्राप्त गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.