×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

उपनिर्वाचनमा एमालेको क्लिनस्वीप, सन्देश के हो ?

१८ बैशाख २०८१

१८ वैशाख , विराटनगर ।

यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेले क्लिनस्वीप गरेको छ। नेकपा एमालेका उम्मेदवार दुवै स्थानमा निर्वाचित भएका छन्।

Advertisement
Advertisement

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ’१’ मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर २ मा एमालेकै सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए ।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन्।

त्यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। यता इलाम–२ मा २७ हजार ७७२ मत ल्याएर सुहाङ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत पाए।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत ल्याए भने चौथोमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत हात पारे। मिलनले जमानतसमेत जोगाउन सकेनन् ।
उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन । उपनिर्वाचनबाट बझाङमा एमालेले कांग्रेसबाट एक सिट खोस्न सफल भएको छ । दुवै क्षेत्रबाट चुनिएका सांसदको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

२०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ११४ मतमात्र कम पाएका थिए।

नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत हात पारेका थिए। तर सभापति शेरबहादुर देउवा निकट मानिएका उनी यसपटकको चुनावमापनि सहजै पराजित भएका छन् । खड्का निर्माण व्यवसायी हुन्।

उनी लगातार बाबुछोरासँग पराजित भएका छन् । उनी शेखर कोइराला पक्षधर भेषराज आचार्यलाई हराउँदै जिल्ला पार्टी सभापति बनेका थिए।इलाम–२ नेकपा एमालेले जित्दै आएको क्षेत्र हो। उक्त क्षेत्रमा २०५६ सालदेखि एमालेका सुवास नेम्बाङले जित्दै आएका थिए।

सोही कारण पनि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो। निर्वाचित पछि सुहाङले भनेका छन्, बुवाले दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु ।

इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ साथै उनले चुनाव प्रचारप्रसारमा खट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन् ।

उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उनले विजयसभामा समेत पार्टीं अध्यक्ष केपी शर्मालाई साँची राखेर इलामेली मतामाझ उनीहरुको शिर निहुरिने गरी कुनै पनि काम नगर्ने बताएका छन्।चुनावी प्रतिस्पर्धामा बझाङको १ को क मा तेस्रो स्थान बनाएका माओवादीका उम्मेदवार बुढा मत परिणामबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।

पार्टी बनाउनका लागि एकल प्रतिस्पर्धा गर्न नेतृत्वले आँट गर्नुपर्ने उनको भनाइ छ ।उपनिर्वाचनलाई निकै नजिकबाट नियालेका माओवादीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले उपनिर्वाचनबाट माओवादीको मत सुरक्षित भएको र सङ्गठन बन्ने आधार तय भएको बताएका छन् ।

साथै निर्वाचन परिणामले आगामी दिनमा वामपन्थीबिच ध्रुवीकरण गर्ने बलियो आधार भएको उनको बुझाइ छ। चुनावी परिणाम पार्टीको पक्षमा नआए पनि एकल प्रतिस्पर्धामा आफ्ना उम्मेदवारले झण्डै चार हजार मत ल्याउनुले सकारात्मक सन्देश गएको माओवादीका सचिव देवेन्द्र पौडेलले बताए ।

वामपन्थी मिलेर जाने कुरा अझ राम्रो हुने भन्दै उनले त्यसो हुन सकेन भने पार्टी बनाउन सिङ्गल प्रतिस्पर्धालाई आकार दिने प्रस्ट पारेका छन् ।चुनाव जित्ने आशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।

नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ ।

उता जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् । इलाम–२ मा जनमत पार्टीले ११८ अर्थात ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ । अगामी दिनमा झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने उनले दाबी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा इलाम र बझाङको चुनावबाट जनताले पनि पुनर्विचार गर्नु जरुरी रहेको उल्लेख गरेका छन् । मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’ उनले भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो ।’

उनले रास्वपालाई भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो । इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको हो ।

यस्तै बझाङ–१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।उपनिर्वाचनपछि एमालेका प्रतिनिधिसभा सदस्य संख्या ७९ रहेको छ भने कांग्रेसका ८९, माओवादीका ३२ छन् । रास्वपाको १९, राप्रपा १४, जसपा १२, नकपा एस १०, जनमत ६, र अन्यको यथाव छ ।

बझाङमा एमालेका उम्मेदवार विजयी भएपछि सुदूरपश्चिम प्रदेशमा अब एमालेका ११ जना सांसद भएका छन् । ५३ सदस्यीय प्रदेशसभामा अब कांग्रेस १८ सहित माओवादी सभामुखसहित ११, एमाले ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा एक र स्वतन्त्र एक सांसद छन् ।

Advertisement

भर्खरै सम्पन्न उपचुनावमा एमालेले गरेको क्लिनस्वीप, रास्वपाद्वारा हार स्वीकार, बझाङ प्रदेशसभामा कांग्रेसले गुमाएको एक सिट र अन्य पार्टीको जमानत जफत र पराजयबारे तपाईको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top