भाजपाको चुनावी अभियानमा नेपालका नेतालाई निम्तो

१९ वैशाख ,एजेन्सी ।

भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको छ । नेपालबाट विभिन्न दलका नेताहरू आजै दिल्ली जान लागेका हुन् ।भाजपाका निमन्त्रणामा नेपाली कांग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली जान लागेका हुन् ।

 

Advertisement

भाजपाले चुनावमा कसरी चुनावी प्रचार गर्छन्, चुनावी एजेन्डा के–के छन्, भाजपा नेतृत्वको सरकारले के के गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउनुको साथै केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने बताइएको छ । भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ ।

Advertisement

अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू दिल्ली जाने बताइएको छ ।

विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दा, भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने बताइएको छ । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नोओ बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् । नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ । आजै उनीहरुले बिजेपी मुख्यालयमा भाजपा अध्यक्ष जेपी नड्डासँग भेट्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top