चीनमा ब्यस्त राजमार्ग नै भाँसियो, १९ जनाको मृत्यु

१९ वैशाख ,  एजेन्सी ।

Advertisement

चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको मेइझोउ सहरमा राजमार्गको एक भाग भत्किएको छ । यस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ । चिनियाँ मिडिया रिपोर्टका अनुसार यस क्षेत्रमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। उद्धारकर्मीहरूले ३० जनालाई अस्पताल पुर्याएका छन् ।

राज्यको समाचार च्यानल सीसीटीभीले गुआङडोङ प्रान्तको मेइझोउ शहर र डाबु काउन्टी बीचको सडकको एक भाग बिहान करिब २ः१० बजे खसेको बताएको छ। ३१ जनाको उद्धार गरिएको छ । घटनाका कारण १८ सवारी साधन अड्किएको र घटनास्थलबाट ३१ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको पनि सीसीटीभीले जनाएको छ ।

Advertisement

प्रत्यक्षदर्शीहरूले स्थानीय मिडियालाई बताए अनुशार उनीहरूले ठूलो आवाज सुने त्यसलगत्तै उनीहरुले सडकमा केही मिटर चौडा खाडल परेको देखेका थिए । उता हङकङमा अम्बर वर्षाको चेतावनी रद्द भए पनि चट्याङको चेतावनी भने जारी रहेको छ। दिउँसो मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ।

अब्जर्भेटरीका अनुसार न्यून चापीय रेखाका कारण ग्वाङजोङ लगायतका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ। आज बिहान धेरै ठाउँमा ३० एमएम वर्षा रेकर्ड भएको छ भने साइकुङमा ५० एमएमभन्दा बढीको रेकर्ड भएको छ। एक घण्टामा ३० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई हङकङमा एम्बर वर्षा भनिन्छ।

Advertisement

एम्बर वर्षाको चेतावनी जारी गर्नु भनेको भारी वर्षाले निम्त्याउने खतराबाट सावधान रहन सचेत गराइनु हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top