श्रमिक दिवसमा घोषणा भएको ‘श्रमाधान’ के हो ?

१८ बैशाख ८१, बुधबार

१९ वैशाख ,काठमाण्डौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान’ योजना घोषणा गरेको छ । श्रममन्त्री डीपी अर्यालले यो योजनाबाट सबै श्रमिकको समस्या समाधान गर्ने लक्ष्य रहेको बताए । यसअघि सञ्चालनमा रहेको कल सेन्टरले मात्रै सबै समस्या समाधान गर्न नसकेको उनको भनाइ छ ।

‘श्रमाधान’ योजना इन्द्रेणीका सात रङअनुसार सात भागमा विभाजन गरिएको उनले बताए । यसअन्तर्गत पहिलो सेकेन्ड इनिङ्स कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश पाएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्नेबारे काम गर्ने उनले बताए । दोस्रोमा रोजगार बैंक रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय गर्ने उनले बताए ।

योजना अन्तर्गतको अर्को समता कार्यक्रमले समानताको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ । अर्को ‘ल (कानुन)’ कार्यक्रम रहेको छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानुन सबैले जान्ने लक्ष्य मन्त्रालयको छ ।

विदेशमा समेत सम्बन्धित देशको श्रमिकको लागि कानुनी पहल गर्ने काम यहाँबाट गर्ने मन्त्रालयको भनाइ छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिकलाई प्रतिस्पर्धी बनाउने यसको अर्को उद्देश्य रहेको छ । यसरी दिइने तालिममा देश तथा विदेशमा रहेको नेपाली, एनआरएनएसहितको संलग्नता रहनेछ । अर्को साथ कार्यक्रम रहेको छ ।

यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । र, अर्को कल सेन्टर कार्यक्रम छ । तत्काल श्रमिकको समस्या सम्बोधन गर्ने उद्देश्य यसको रहेको छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पु¥याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

सबै स्थानीय तह र विदेशी नियोग र मेनपावर कम्पनीले यसरी समस्या समाधान गर्नेमा कल सेन्टर रहेकोबारे जानकारी राख्न आग्रह एवम् निर्देशन दिने मन्त्री अर्यालले बताए । उनले अब श्रमिकका कुनै पनि समस्या जोसुकैसँग आए पनि मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न लगाउन समेत आग्रह गरेका छन् । नेपालबाट ११४१ नम्बरमा निःशुल्क फोन गर्न सकिने उनले बताए ।

विदेशबाट ९८५१३४७२२ ह्वाट्सएप, भाइबर, इमोमार्फत सम्पर्क गर्न सकिने उनले बताए । उनले अन्य निकायसँग सम्बधित समस्या कार्यालय समयमा समाधान हुने र उद्धार एवम् आपतकालीन समस्याका लागि भने तत्काल समाधान गरिने बताए । अर्को चरणमा श्रमाधान एप ल्याइने उनले बताएका छन् ।

एसआईपी सिस्टममार्फत सम्बन्धित देशकै नम्बरमा कल गर्दा नेपालको कल सेन्टरमा आउने प्रणाली बनाई रहेको समेत रहेको उनले बताए । यसबाहेक आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग र अन्य भिडियोको माध्यमबाट पनि सेवा दिने तयारी गरिरहेको उनले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top