श्रमिक दिवसमा पनि श्रमकै चिन्ता, ८ घण्टाको ६ सय

१८ बैशाख ८१, बुधबार

१९ वैशाख , विराटनगर ।

विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै । त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन् ।

तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन् । बिहान–बेलुकाको छाक टार्न विराटनगर आउने श्रमिकको दिन कामको प्रतिक्षामै बित्ने गरेको छ । विराटनगर महानगरपालिकासहित मोरङका अन्य पालिका र सुनसरीका श्रमिक घरायसी कामदेखि निर्माणका काम हुँदै विभिन्न उद्योग–कलकारखानामा काम पाउने अपेक्षाका साथ विराटनगर प्रवेश गर्दछन् ।

मजदुर आन्दोलनमा महत्वपूर्ण योगदान बोकेको विराटनगरका भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँसचोक, भट्टाचोकमा भेला हुन्छन् र काम दिनेहरूको पर्खाइमा बस्छन् । साइकलमा कोदालो, बेल्चा बोकेर विराटनगर आइपुग्ने श्रमिकको भीड देख्न सकिन्छ । दिउँसोसम्म कामकै प्रतिक्षामा उनीहरुको समय बित्छ ।

काम पाउनेहरू खुशी हुँदै बाटो तताइरहँदा काम नपाउनेहरू काम दिनेहरूको प्रतिक्षा गरिरहन्छन् । झन् भारतीय मजदुरले सस्तैमा काम गरिदिँदा काम पाउन सकस भइरहेको उनीहरूको गुनासो छ । मजदुर गोपालकृष्ण राजवरले काम पाउन धेरै गाह्रो रहेको बताए । उनले बाहिरको मानिसले सस्तोमा काम गरिदिँदा काम पाउन समस्या भएको बताएका छन् ।

घर निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । केही व्यक्तिले घरायसी कामका लागि पनि उनीहरूलाई लैजान्छन् । माटो खन्नेदेखि बाटो खन्नेसम्म काम श्रमिकले पाउँछन् । तर डोजर र ट्रयाक्टरका कारण अहिले उनीहरूले काम पाउन छोडेका छन् ।

केही श्रमिकले त महिनौंदेखि काम पाएका छैनन् । तरपनि काम पाउने आशामा आफ्नो घरदेखि विराटनगर ओहोरदोहोर गरिरहन्छन् । काम नपाउँदा भोकै घर फर्किएर अर्काको खेतमा मजदुरी गर्न बाध्य हुनुपर्ने उनीहरूको दुखेसो छ । बिहान भोकै विराटनगर आइपुगेका उनीहरू काम नपाएर निराश हुँदै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प देख्दैनन् ।

आफू भोकै घर पुग्दा परिवारको पनि उस्तै हाल हुन्छ । निर्माण क्षेत्रमा काम गर्ने, साना तथा मझौला व्यवसायमा खटिने र ज्यालामजदुरी गर्ने श्रमिकहरूले केही वर्ष यता काम नपाउने समस्या झेल्दै आएका छन् । आफूहरूको समस्या समाधान गर्न मजदुर नेता लागि परून् भन्ने चाहना उनीहरूको छ ।

आठ घण्टा काम गरेका पुरुषले ६ सय रुपैयाँ र महिलाले पाँच सय रुपैयाँ ज्याला पाउँछन् । कामसमेत लैंगिक विभेद गर्ने ठेकेदारहरूले श्रमिकको पसिनाको पनि कमिसन खान्छन् । नेपालका श्रमिकरूको संगठन हुन्छ, कामको सिलसिलामा ज्यान गए राजनीति हुन्छ भनेर नै ठूला उद्योग कलकारखानाले भारतीय श्रमिकलाई काममा लगाउँछन् ।

नेपालका श्रमिक भने यसको मारमा परेका छन् । नेपाल समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष तेजलाल कर्णले खुला सीमाना भएकाले भारतबाट कामदारहरु नेपाल आएर नेपाली कामदारहरु भन्दा सस्तोमा काम गरिदिँदा पनि समस्या आएको बताए । हरेक वर्ष उनीहरू जस्तै श्रमिकलाई मध्यनजर गर्दै ‘मे दिवस’ मनाइन्छ ।

तर धेरै श्रमिकलाई आज विश्व मजदुर दिवस हो थाहा हुँदैन । स्थानीय निर्वाचन होस् वा संसदीय चुनाव । मजदुरका समस्या औंल्याउँदै धेरैले चुनाव जित्छन् । तर उनीहरूको समस्या भने ज्युँका त्युँ छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top