×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंका राष्ट्रपति चुनावः विक्रमासिङ्घेविरुद्ध राजापाक्षे

२१ बैशाख २०८१

२१ वैशाख , एजेन्सी ।

चरम आर्थिक संकटपछि अर्थतन्त्रलाई क्रमश सुधार गर्दै ल्याएको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिक हलचल बढ्दो छ । चुनावमा राष्ट्रपति रनिल विक्रमासिङ्घे पनि उम्मेदवार बन्ने योजनामा छन् । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

राजापाक्षे हाल श्रीलंकाको कानून मन्त्रीको पदमा छन् । श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष तथा पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १५ अघि हुने राष्ट्रपति चुनावमा ६५ वर्षीय विजयादास राजापाक्षे आफ्नो पार्टीको उम्मेदवार हुने बताएका छन् । सिरिसेनाले राजापाक्षे एसएलएफपीका लागि उपयुक्त उम्मेदवार भएको बताए ।

यसअघि राजपाक्षे श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीको सदस्य थिए, जुन अहिले फुटेको छ । यो पार्टी महिन्दा राजापाक्षेप्रति वफादार युनाइटेड पिपुल्स फ्रिडम एलायन्सका नेताहरूको भेला थियो । ७५ वर्षीय विक्रमासिङ्घे एसएलपीपी नेताहरूको टोलीको नेतृत्व गरिरहेका छन् । यसबाहेक, पार्टीका अन्य सदस्यहरू विपक्षी नेता सजित प्रेमदासको नेतृत्वमा रहेको समगी जन बलवेगया (एसजेबी) राजनीतिक गठबन्धनमा आवद्ध छन् ।

विशेष कुरा के छ भने यो निर्वाचनमा एसएलपीपीले उम्मेदवार दिने सम्भावना देखिँदैन । वास्तवमा पार्टीले २०२२ मा ठूलो विरोधको सामना ग¥यो, जब प्रदर्शनकारीहरूले श्रीलंकाको आर्थिक संकटको लागि राजपाक्षे परिवारलाई दोष दिए । अर्कोतर्फ विक्रमासिङ्घेले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्, यद्यपि उनी देशलाई दिवालियापनबाट बाहिर ल्याउनका लागि पुनः चुनावका लागि क्रसपार्टी समर्थनमा भरोसा गरिरहेका छन् ।

अर्कोतर्फ प्रमुख प्रतिपक्षी दलका नेता सजिथ प्रेमदासा र मार्क्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीकी नेतृ अनुरा कुमारा दिसानायकेले उम्मेदवारी घोषणा गरिसकेका छन् । सिरिसेनाको पार्टी एसएलएफपी अप्रिलको सुरुदेखि नै अस्तव्यस्त रहेको देखिन्छ । यस अवधिमा उनले राजापाक्षेलाई पार्टीको कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरे तर अदालतको आदेशले सिरिसेनालाई नेताको रूपमा प्रतिबन्ध लगाइदिएको थियो ।

यति मात्र होइन अदालतले राजापाक्षेलाई काम गर्नबाट रोक्न पनि आदेश दिएको थियो । समग्रमा सिरिसेना र पूर्व राष्ट्रपति चन्द्रिका कुमारतुंगा नेतृत्वको दुई समूह गम्भीर कानुनी विवादमा फसेका छन् । श्रीलंकाको आगामी राष्ट्रपतिको निर्वाचन सेप्टेम्बरदेखि अक्टोबरको बीचमा हुँदैछ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top