नेपालमा प्रतिबन्ध लागेका भारतीय मसला कुन हुन् ? के हो कारण ?

३ जेठ ८१, शुक्रबार

४ जेठ, एजेन्सी ।

नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथेलिन अक्साईड’
रहेको भन्दै आयातमा रोक लगाएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले भारतमा उत्पादन हुने एभरेस्ट र एमडीएच ब्रान्डका मसलामा कीटनाशक रसायन ‘एथेलिन अक्साईड’ भेटिएपछिे उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको छ ।

विभागले हालका लागि भारतका एमडीएच र एभरेस्ट ब्रान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन विभिन्न निकायहरूलाई पत्राचार गरिएको बताएको छ। यतिमात्र नभएर नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडीएच ब्रान्डका चार प्रकारका मसलाको आयात रोकिएको छ । स्वास्थ्यमा हानिकारक हुने रसायन भेटिएको खबरपछि विभागले आयात रोकेको हो ।

Advertisement

विभागले समेत हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको छ । विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ ।

Advertisement

साथै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ’एथेलिन अक्साईड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत निर्देशन दिएको छ । सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । पछिल्लो ४ वर्षमा युरोपेली युनियनले ५२७ भारतीय उत्पादनका क्यान्सरजन्य रसायन भेटिएको जनाएको छ ।

ती उत्पादनमा अधिकांश हिस्सा मसलाजन्य वस्तु रहेका छन् । एथलिन अक्साइड ज्वलनशील ग्यास हो । यसको प्रयोग कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खाद्यान्नलाई ब्याक्टेरिया, कीराबाट जोगाउन पनि यसको प्रयोग गरिन्छ । यसको प्रयोगले क्यान्सरको खतरा सृजना हुन सक्ने सम्भाबना हुन्छ ।

यसको प्रयोग लगातार गर्नाले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँबराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top