×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएलको प्लेअफ समीरण पूराः को–को पुगे ?

७ जेष्ठ २०८१

७ वैशाख , एजेन्सी ।

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा आइतबार सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि हासिल गरेको जित र राजस्थान रोयल्सको कोलकाता नाइडर्ससँगको खेल वर्षाले रद्द भएपछिको नतिजापछि प्लेअफ समीकरण पूरा भएको हो ।

Advertisement
Advertisement

जसअनुसार कोलकाता र हैदराबाद क्वालिफायरमा पुगे भने अधिकांश समय अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान भने प्लेअफमै सीमित भयो । अब राजस्थानको भिडन्त इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग हुनेछ । बैंगलुरूले लिगका पछिल्ला सबै पाँच खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । यसले गर्दा उसको क्वालिफायरमा पुग्ने सम्भावना पनि बलियो छ ।

इलिमिनेटरमा जित हासिल गर्ने टिमले दोस्रो क्वालिफायरमा ठाउँ बनाउने छ । इलिमिनेटरमा हार्ने टिम बाहिरिने छ । पहिलो क्वालिफायरमा पराजित हुने टिम र इलिमिनेटरमा जित हासिल गर्ने टिमबीच फाइनलका लागि दोस्रो क्वालिफायर हुनेछ । पहिलो क्वालिफायरमा जित्ने टिम सिधै फाइनलमा पुग्नेछ । यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो ।

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । १४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो ।

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे । आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । पहिलो क्वालिफायरमा मंगलबार कोलकाता र हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजेदेखि अहमदाबादमा हुनेछ ।

इलिमिनेटर खेलमा बुधबार राजस्थान र बैंगलुरू खेल्दैछन् । खेल ७ः४५ बजे नै अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायर खेल शुक्रबार चेन्नईमा हुनेछ । पहिलो क्वालिफायरको पराजित टिम र इलिमिनेटरको विजेता टिमबीच दोस्रो क्वालिफायर हुनेछ । फाइनल खेल आइतबार चेन्नईमा हुनेछ । यो खेल पनि बेलुकी ७ः४५ बजे नै शुरु हुनेछ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top