राजस्थान र बेंगलुरु भिड्दै विजेताको भिड्न्त हैदराबादसँग

८ जेठ ८१, बुधबार

९ जेठ ,एजेन्सी।

कोलकाता नाइट राइडर्स इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता उपाधि नजिक पुगेको हो । यद्यपि पराजित हैदराबादसामु फाइनल पुग्ने थप एक अवसर बाँकी नै छ । आज पहिलो इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने छन् ।

त्यसको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा हैदराबादको सामना गर्नेछ । हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले ३८ बल बाँकी छँदै पछ्यायो । वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए ।

Advertisement

त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरे । रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे । यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनेको थियो ।

स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिए । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल सामदले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । कोलकाता दुई पल्टको च्याम्पियन हो । आईपीएलका समान ५ पटकका च्याम्पियन टोली चेन्नई र मुम्बई भने उपाधि होडबाट बाहिरिसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top