×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026

बालेनलाई म सौताको छोरा हो भनेपछि चर्काचर्की

१८ जेष्ठ २०८१

१८ जेठ , काठमाण्डौ ।

स्वतन्त्रबाट मेयरमा निर्वाचित भएपनि सबै दलीय रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका वडाध्यक्षहरुसँग मिलेरै काम गर्दै आएका काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै चर्काचर्की परेको छ । मेयर शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै न्यूरोडको सडकलाई लिएर चर्काचर्की भएको हो ।

Advertisement
Advertisement

शुक्रबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको कुरा पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएपछि विवाद सुरु भएको थियो । ‘देशकै एक ल्याण्डमार्क शहरमा पेटी बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेको छ?,’ वडाध्यक्षले बैठकमा प्रश्न गरे। उनले आफू सौताको छोरा हो ? मसँग किन यस्तो व्यवहार गरिन्छ भनेपछि न्यूरोडकै विषयमा सडक विभागको कारबाही चेतावनी पाइसकेका मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताए।

बालेनले कार्यपालिका बैठकमा वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले इन्द्रचोकदेखि विशाल बजारको क्षेत्रको फुटपाथमा मान्छेलाई हिँड्न गाह्रो भएको, लुटपाट, दुर्व्यवहार, पाकेटमार लगायतका घटना भएको भनेर गुनासो गरेको जानकारी दिएका थिए। त्यसपछि वडाध्यक्षकै पहलमा फुटपाथ विस्तारको काम अघि बढाएको र त्यसमा वडा नम्बर २२ का वडाध्यक्षलाई कुनै समस्या नहुनुपर्ने मेयरले बताएका थिए।

‘२४ मा काम भइरहेको छ। २२ मा काम भएकै छैन, तपाईंलाई के समस्या भो?,’ मेयर शाहले वडाध्यक्ष महर्जनलाई प्रश्न गरे। जवाफमा वडाध्यक्ष महर्जनले समग्र न्युरोड क्षेत्रको बारेमा आवाज उठाएको बताएका थिए। ‘न्यूरोड कहाँ पर्छ, न्यूरोडको भूगोल कहाँ पर्छ? अहिले भूगोलको विषयमा तपाईंलाई ज्ञान नभएको हो?,’ उनको प्रश्न थियो। वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न एकीकृत टेण्डरमा गएको हुँदा एउटा वडाको मात्र विषय नहरहेको बताएका थिए।

त्यसैबीचमा मेयर बालेन र वडाध्यक्षको लामो सवाल–जवाफ भएपछि वडा नम्बर १७ का वडाध्यक्षले दुई जनाले दोहोरी खेलेर निचोडमा पुग्न नसकिने बताएका थिए। ’यसलाई लामो कुरा गरेर टुंग्याउन सकिँदैन,’ उनले भने, ’दुई जनाको मात्र दोहोरी मात्र खेलेर पनि हुँदैन।’ त्यस्तै, समिति गठन गरी अध्ययन गरेर प्रतिवेदनले सुझाए अनुसार काम गर्न आग्रह गरेका थिए ।

न्यूरोडको सडकको विषयलाई लिएर मेयर बालेन पछिल्लो केही दिन यता चर्चामा छन् । उनले भौतिकपूर्वाधार मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएपछि सडकविभागले उनलाई न्यूरोडमा सडक काटिएको विषयमा कारबाहीसहितको पत्र पठाएको छ ।

जसको जवाफ बालेनले आजै दिएका छन् । बालेनलले उल्टै सडक विभागमाथि फुटपाथको मापदण्डको बारेमा प्रश्न गरेका छन् । मेयर बालेनले कार्यपालिका बैठकमा सडक विभागको पत्र गैरकानूनी रहेको भन्दै कानूनी उपचार खोज्ने पनि बताएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top