वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

१ असोज ७५, सोमबार
Share this
796shares

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो ।

Advertisement

पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन्।

Advertisement

पर्यटन मन्त्रालय स्रोतका अनुसार, खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको हो। हालका महाप्रबन्धक कशांकारको समय सकिन साढे ८ महिना बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top