NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?

मङ्लबार जेष्ठ २२ , २०८१
Reading Time: 1 min read
A A
दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ जेठ, विराटनगर ।

एक दशकको पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । आज पहिलो खेल नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका नेपालले खोल्दै छ । गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन । समूह ‘डी’ अन्तर्गतको दोस्रो तथा नेपालको पहिलो खेल अहिले केही बेरमा अर्थात ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको यो संस्करण पुरस्कार राशिका कारण पनि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

LS Auto

नवौं संस्करणको ट्वान्टी–२० विश्वकप विजेताले कम्तीमा २४ लाख ५० हजार डलर पुरस्कार पाउनेछ । ट्वान्टी–२० विश्वकपको इतिहासमा यो अहिलेसम्मकै धेरै हो । उपविजेताले कम्तीमा १२ लाख ८० डलर पाउनेछ ।अघिल्लो संस्करणको भन्दा झन्डै दोब्बर रकम वृद्धि गर्दै कुल १ करोड १२ लाख ५० हजार पुरस्कार राशी राखिएको छ । पछिल्लो संस्करणमा कुल पुरस्कार राशि ५६ लाख डलर मात्र रहेको थियो ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ७ लाख ८७ हजार ५ सय डलर पाउनेछन । सुपर ‘एट’ मा रोकिने प्रत्येक चार टोलीको भागमा ३ लाख ८२ हजार ५ सय पर्नेछ । नवौंदेखि १२ हुने टोलीले २ लाख ४७ हजार ५ सय डलर पाउनेछन । १३ देखि २० औं स्थानमा हुने टोलीले २ लाख २५ हजार पाउनेछन । सेमिफाइनल र फाइनलबाहेक प्रत्येक प्रतिस्पर्धी टोलीले खेलको दिन ३१ हजार १ सय ५४ डलर पाउनेछ ।

यसका साथै अब समूह डी मा रहेको नेपाली टोलीले कम्तीमा २ लाख २५ हजार डलर अर्थात् झण्डै ३ करोड नेपाली रुपैयाँ पाउने पक्कापक्की भएको छ । तर कुनै एउटा खेल जिते थप ४१ लाख नेपाली रुपैयाँको हकदार हुनेछ ।यसरी एक महिनासम्म चल्ने विश्वकप क्रिकेट पुरस्कार राशि ,टिम सहभागिता र अवधिका हिसावले सबैभन्दा महंगो र ठूलो पनि सावित हुने देखिएको छ । दुई देशका ९ वटा रंगशालामा विश्वकप खेलाइनेछ ।

५५ खेल हुने यो प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकाका नौ रंगशालामा २८ दिनसम्म खेलाइदैछ । जसका कारण यो विश्वकप अहिलेसम्मकै ठूलो बनेको छ । सुपर ८ अघि ४० समूह चरणका खेल हुनेछन् । दुई समूहमा हुने सुपर–८ बाट चार टोली सेमिफाइनल पुग्नेछन् । यो विश्वकपमा अमेरिका र वेस्ट इन्डिजलाई आयोजकको हिसाबमा सोझै प्रवेश दिइएको हो ।

वेस्ट इन्डिज दुई पटकको विजेता हो भने अमेरिका पहिलो पटक विश्वकपमा खेल्न लागेको हो । टेस्ट राष्ट्र जिम्बावेले छनोट चरणमा नामिबिया र युगान्डाको चुनौतीलाई पार गर्न सकेन । सन् २०२२ मा अस्ट्रेलियामा भएको ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स यसपटकको विश्वकपका लागि सोझै छनोट भएका राष्ट्र हुन ।

यसबाहेक आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथिल्लो स्थानमा रहेका राष्ट्रबाट अफगानिस्तान र बंगलादेश विश्वकपलाई छानिएको थियो । अन्य ८ टोली क्षेत्रीय छनोटबाट छानिएका थिए । युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, एसियाबाट ओमान र नेपाल, अफ्रिकाबाट नामिबिया र युगान्डा, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट पपुवा न्युगिनी तथा अमेरिकी क्षेत्रबाट क्यानडा विश्वकपका लागि छानिएका हुन ।

अब कुरा गरौं आजको नेपाल र नेदरल्याण्डस्बीचको खेलको । त्यसमा पनि खेलाडी विशेषको कुरा गर्नुपर्दा आज केही खेलाडीले आफ्नो नाम थप चम्काउन सक्छन् । जसमा नेपालकै कुरा गर्नु पर्दा एक नाम हो दीपेन्द्र सिंह ऐरी । खासमा टी–२० क्रिकेटमा कुनै पनि भर हुँदैन । टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी–२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ ।

टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् । यस्तोमा एक हुन् दीपेन्द्रसिंह ऐरी ।अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनी विश्वको नजरमा आइसकेका खेलाडी हुन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रले नेपालबाट ६४ टी–२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।उता नेदरल्यान्ड्सका खेलाडीहरुमा बास डि लिडेले बाजी उल्ट्याउन सक्छन् । नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् ।

२०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी–२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् । सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए । लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् ।

काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पु¥याए । विश्वकपमा पाकिस्तानविरुद्ध उनले ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् ।

नेपाललाई घातक बन्न सक्छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । ती खेलको नतिजालाई हेर्दा खासै ठूलो अन्तर देखिँदैन । हालसम्म खेलिएको १२ वटा टी–२० प्रतियोगितामध्ये ६ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । पाँच खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । अब आज नेपाल १० वर्षपछि पुगेको विश्वकपको मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास कोर्ने लक्ष्यमा छ । यसबारे तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अहिलेसम्मकै ठूलो विश्वकप#दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.