×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

दीपेन्द्रसिंह ऐरी कि बास डि लिडेः को बन्ला हिरो ?

२२ जेष्ठ २०८१

२२ जेठ, विराटनगर ।

एक दशकको पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । आज पहिलो खेल नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका नेपालले खोल्दै छ । गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

Advertisement
Advertisement

नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन । समूह ‘डी’ अन्तर्गतको दोस्रो तथा नेपालको पहिलो खेल अहिले केही बेरमा अर्थात ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको यो संस्करण पुरस्कार राशिका कारण पनि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।

नवौं संस्करणको ट्वान्टी–२० विश्वकप विजेताले कम्तीमा २४ लाख ५० हजार डलर पुरस्कार पाउनेछ । ट्वान्टी–२० विश्वकपको इतिहासमा यो अहिलेसम्मकै धेरै हो । उपविजेताले कम्तीमा १२ लाख ८० डलर पाउनेछ ।अघिल्लो संस्करणको भन्दा झन्डै दोब्बर रकम वृद्धि गर्दै कुल १ करोड १२ लाख ५० हजार पुरस्कार राशी राखिएको छ । पछिल्लो संस्करणमा कुल पुरस्कार राशि ५६ लाख डलर मात्र रहेको थियो ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ७ लाख ८७ हजार ५ सय डलर पाउनेछन । सुपर ‘एट’ मा रोकिने प्रत्येक चार टोलीको भागमा ३ लाख ८२ हजार ५ सय पर्नेछ । नवौंदेखि १२ हुने टोलीले २ लाख ४७ हजार ५ सय डलर पाउनेछन । १३ देखि २० औं स्थानमा हुने टोलीले २ लाख २५ हजार पाउनेछन । सेमिफाइनल र फाइनलबाहेक प्रत्येक प्रतिस्पर्धी टोलीले खेलको दिन ३१ हजार १ सय ५४ डलर पाउनेछ ।

यसका साथै अब समूह डी मा रहेको नेपाली टोलीले कम्तीमा २ लाख २५ हजार डलर अर्थात् झण्डै ३ करोड नेपाली रुपैयाँ पाउने पक्कापक्की भएको छ । तर कुनै एउटा खेल जिते थप ४१ लाख नेपाली रुपैयाँको हकदार हुनेछ ।यसरी एक महिनासम्म चल्ने विश्वकप क्रिकेट पुरस्कार राशि ,टिम सहभागिता र अवधिका हिसावले सबैभन्दा महंगो र ठूलो पनि सावित हुने देखिएको छ । दुई देशका ९ वटा रंगशालामा विश्वकप खेलाइनेछ ।

५५ खेल हुने यो प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकाका नौ रंगशालामा २८ दिनसम्म खेलाइदैछ । जसका कारण यो विश्वकप अहिलेसम्मकै ठूलो बनेको छ । सुपर ८ अघि ४० समूह चरणका खेल हुनेछन् । दुई समूहमा हुने सुपर–८ बाट चार टोली सेमिफाइनल पुग्नेछन् । यो विश्वकपमा अमेरिका र वेस्ट इन्डिजलाई आयोजकको हिसाबमा सोझै प्रवेश दिइएको हो ।

वेस्ट इन्डिज दुई पटकको विजेता हो भने अमेरिका पहिलो पटक विश्वकपमा खेल्न लागेको हो । टेस्ट राष्ट्र जिम्बावेले छनोट चरणमा नामिबिया र युगान्डाको चुनौतीलाई पार गर्न सकेन । सन् २०२२ मा अस्ट्रेलियामा भएको ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स यसपटकको विश्वकपका लागि सोझै छनोट भएका राष्ट्र हुन ।

यसबाहेक आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथिल्लो स्थानमा रहेका राष्ट्रबाट अफगानिस्तान र बंगलादेश विश्वकपलाई छानिएको थियो । अन्य ८ टोली क्षेत्रीय छनोटबाट छानिएका थिए । युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, एसियाबाट ओमान र नेपाल, अफ्रिकाबाट नामिबिया र युगान्डा, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट पपुवा न्युगिनी तथा अमेरिकी क्षेत्रबाट क्यानडा विश्वकपका लागि छानिएका हुन ।

अब कुरा गरौं आजको नेपाल र नेदरल्याण्डस्बीचको खेलको । त्यसमा पनि खेलाडी विशेषको कुरा गर्नुपर्दा आज केही खेलाडीले आफ्नो नाम थप चम्काउन सक्छन् । जसमा नेपालकै कुरा गर्नु पर्दा एक नाम हो दीपेन्द्र सिंह ऐरी । खासमा टी–२० क्रिकेटमा कुनै पनि भर हुँदैन । टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी–२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ ।

टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् । यस्तोमा एक हुन् दीपेन्द्रसिंह ऐरी ।अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनी विश्वको नजरमा आइसकेका खेलाडी हुन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रले नेपालबाट ६४ टी–२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।उता नेदरल्यान्ड्सका खेलाडीहरुमा बास डि लिडेले बाजी उल्ट्याउन सक्छन् । नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् ।

२०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी–२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् । सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए । लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् ।

काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पु¥याए । विश्वकपमा पाकिस्तानविरुद्ध उनले ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् ।

नेपाललाई घातक बन्न सक्छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । ती खेलको नतिजालाई हेर्दा खासै ठूलो अन्तर देखिँदैन । हालसम्म खेलिएको १२ वटा टी–२० प्रतियोगितामध्ये ६ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । पाँच खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

Advertisement

यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । अब आज नेपाल १० वर्षपछि पुगेको विश्वकपको मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास कोर्ने लक्ष्यमा छ । यसबारे तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top