बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजारले पाए Scholarship

२३ जेठ ८१, बिहीबार

२४ जेठ, काठमाण्डौ।

काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाह बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजार जना विद्यार्थीले छात्रबृत्ति पाएका छन् । मेयर बालेनले एउटा कानून कार्यान्वयन गर्दा महानगरकै इतिहासमा पहिलो पटक १८ हजार ४ सय २२ जनाले छात्रबृत्ति पाएको बताएका छन् ।

उनले भनेका छन् , गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो।यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएका छन्।

Advertisement

हामीले विद्यमान कानूनको कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थीहरुलाई करिब २ अर्ब बराबर को छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ बालेनले भनेका छन्, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ।

३ दिन भित्र विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले चेतावनी दिएका छन् । विद्यमान कानूनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् ।

उनले कानून निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि भन्दै आफूहरु कानून निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् । महानगरले छात्रवृत्ति विवरण सम्बन्धी जानकारी तथा सूचना जारी गरेको छ । चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएकोमा विद्यार्थीको संख्या १ लाख ४९ हजार ९५० जना रहेको र यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका जनाएको छ ।

अझै पनि केही विद्यालयले विवरण बुझाउन बाँकी भन्दै यस्ता विद्यालयहरुलाई ३ दिनभित्र विवरण पठाउन समेत मौका सूचना प्रकाशित गरिएको जनाएको छ । महानगरले यसपटक तोकिएको अवधिभित्र विवरण नपठाउने विद्यालयहरुलाई ’बन्द विद्यालयको अभिलेख’ मा राखेर सोहीबमोजिमको कारवाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ । छात्रवृत्ति विवरण उपलब्ध गराउने विद्यालयको विवरण समेत महानगरले सार्वजनिक गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top