×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने

२४ जेष्ठ २०८१

२४ जेठ, काठमाण्डौ ।

भारतीय जनता पार्टीका नेता तथा कार्यवबहा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएका छन् ।

नयाँ दिल्लीमा बिहीबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । एनडिएको बैठकले सर्वसम्मतले आफूहरूको मोदीलाई नेताका रूपमा स्वीकार गरेको छ ।

एनडिए गठबन्धनमा नितिश कुमार र नायडू प्रमुख घटकको रूपमा देखिएका छन् । यससंगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । मंगलबार सार्वजनिक भएको मतपरिणाममा जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो । भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत नआएपछि दुई प्रमुख दलको समर्थनमा गठबन्धनको सरकार बन्न लागेको हो ।

एनडिटिभीका अनुसार भारतमा शनिबार (जुन ८) मा नयाँ सरकार बन्नेछ । त्यस दिन मोदीले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । यद्यपि सरकार गठनमा भागबण्डाको विषय टुंग्याउन भने बाँकी रहेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । यसअघि विपक्षी गठबन्धन इन्डियाले भने नितिश कुमार र नायडूलाई आफ्नो पक्षमा तानेर सरकार बनाउने तयारी गरिरहेको अनुमान गरिएको थियो ।

इन्डिया गठबन्धनले २३२ सिट जितेको छ । लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत सङ्ख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ । उता कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेको छ । त्रिष्णमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बन्ने छ । विभिन्न आकलन गरिएको हुँदा भाजपाले नयाँ सरकार गठनका लागि टिडिपी र जनता दलको लिखित सहमति लिएको हो । भारतमा सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ । मोदी यसअघि सन् २०१४ र २०१९ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । त्यसका लागि काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको बताइएको छ । लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top