×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युरोकप फुटबल २०२४ आजदेखि, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच

१ असार २०८१

३२ जेठ, एजेन्सी ।

युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ ।

Advertisement
Advertisement

उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ ।

आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ ।

प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक जर्मनीसहित, स्कटल्यान्ड, हङ्गेरी र स्विट्जरल्यान्ड छन् ।

यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, गएको संस्करणको विजेता इटाली र अल्बानिया छन् ।

समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङ्ग्ल्यान्ड छन् ।

यसैगरी समूह ‘डी’ मा पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया र फ्रान्स छन् ।

समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् ।

समूह ‘एफ’ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् ।

देश एकीकरण भइसकेपछि जर्मनीले पहिलो पटक युरो कप आयोजना गर्न लागेको हो । यसअघि सन् १९८८ मा पश्चिम जर्मनीमा यो प्रतियोगिता भएको थियो ।

जर्मनी युरो कपको सबैभन्दा सफल टिममध्ये एक हो ।

Advertisement

जर्मनीले सन् १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । यस्तै स्पेनले पनि सन् १९६४, २००८ र २०१२ मा गरी तीन पटक उपाधि जितेको थियो । यसैगरी गएको संस्करणको विजेता इटाली र फ्रान्सले समान दुई पटक उपाधि जितेका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top