युक्रेनलाई सहयोग जुटाउन रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्न जी–७ सहमत

३२ जेठ, एजेन्सी ।

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् ।

इटालीमा हिजोदेखि शुरु भएको जी–७ को ५० औँ शिखर सम्मेलनमा युक्रेनलाई सहयोग जुटाउने विषयमा सहमति जुटेको बीबीसीले जनाएको छ । यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्ने छ ।

Advertisement

सहमतिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो रुसका लागि हामी पछि हटेका छैनौँ भन्ने चेतावनी भएको बताउनुभएको खबरमा उल्लेख छ ।

यद्दपि रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर यो नतिजा ‘निकै पीडादायी’ हुने बताएको छ ।

Advertisement

यो वर्षको अन्त्यसम्ममा यो ऋण सहयोग जुट्ने आशा नभएको बताइएको छ ।

तर यसलाई युक्रेनको युद्धको तयारी र उनीहरूको अर्थतन्त्रलाई सहयोग गर्ने दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली सङ्घका सार्थ जी–७ ले झन्डै ३२५ अर्ब डलर बराबरको रुसको सम्पत्ति रोक्का गरेका थिए ।

इटालीमा चलिरहेको जी–७ शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौतालाई युक्रेनले ‘ऐतिहासिक’ बताएको खबरमा उल्लेख छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधि सम्मिलित सम्मेलन भोलि शनिवारसम्म चल्नेछ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top