नेपाल वायु सेवाका ५ पाइलटमाथि किन लाग्यो प्रतिबन्ध ?

१२ असार ८१, बुधबार

१२ असार, काठमाण्डौ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ ।

विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो ।

Advertisement

प्राधिकरणले अकाउन्टेबल म्यानेजर, ओडी र सीएओ म्यानेजरलाई अर्को सूचना जारी नुहँदासम्मका लागि प्रतिबन्ध लगाएको छ । प्राधिकरणले उनीहरुले अनुमतिबिना विमानलाई स्वीकृति प्रदान नगरिएको स्थान इटली लगेको आरोप लगाएको छ ।

नियामक प्राधिकरणले उनीहरुले हवाई सुरक्षा तथा नियामक पक्षलाई बेवास्ता गरेको जनाएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, क्याप्टेन महेश्वरमान डङ्गोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई निलम्बन गरेको छ ।

Advertisement

निगमले भने प्राधिकरणको निर्णविरुद्ध आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । निगमले ए ३३० जहाजको सी चेक सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

हरेक २ वर्षमा गर्नुपर्ने निगमको ए३३० विमानहरुको नियमति मर्मत(सी चेक)गर्न कम्पनी छनौट गर्नका लागि २०२४ फेबु्रअरी १३ मा ४५ दिनको समयसीमा तोकी राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका तथा निगमको वेवसाइटमा टेण्डर आह्वान गरिएको र अमेरिकी कम्पनीको परेको टेण्डर मूल्यांकन उप–समितिले जाचँ गर्दा प्रभावग्राही नेदेखिएकाले उक्त टेण्ड्र प्रक्रिया रद्द गरिएको विज्ञप्तीमा उल्लेख छ ।

निगमले पुनः २०२४ मे १७ मा टेण्डर आह्वान गरेको र उक्त प्रतिस्पर्धामा भाग लिन इच्छुक भएको तर समयावधी अभाव भएको कारण देखाई २ वटा कम्पनीलाई ई–मेल मार्फ अनुरोध गरिएको आधारमा ७ दिनको म्याद थप गरिएको तर उक्त कम्पनीहरुबाट थप भएको म्यादभित्र पनि टेण्डर पेश नभएको जनाएको छ ।

‘वाइडबडी ए ३३० ९एन–एएलवाई’को सी सेक मर्मत २०२४ जुन २६ भित्र सुरु गर्नुपर्ने भएको र समय निकै कम भएको हुनाले क्यानबाट स्वीकृत गरिएको एयरक्राफ्ट मेन्टेनेन्स प्रोगाममा व्यवस्था भए अनुसार सो जहाजको सी चेक गर्न २ जुन २०२४ मा पठाउने गरी क्यानसँग अनुमति माग गरिएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘तर उता क्यानले ११ जुन २०२४ मा थप कागजात माग गरेकोमा २२ जुन, २०२४ मा क्यानबाट स्वीकृति नआएपछि इटली स्थिति एमआरओले दिएको मेन्टेनेन्स स्लटको समय सकिनै लागेको र अर्को स्लटको कुनै निश्चित नभएकाले युरोपेली युनियन (ईयू) को नियमानुसार ‘फेरी फ्लाइट फर मेन्टेनेन्स ओन्ली’ भनेर क्यानबाट एमआरओ भ्यालिडेशन प्राप्त भएपछि जहाज पठाइएको हो’ निगमले उल्लेख गरेको छ ।

निगमले चालक दलका ५ जना मात्र लिएर २३ जुन, २०२४ मा दुबईबाट इटलीको नापेल्सस्थित मर्मत कम्पनीमा स्थानिय समयअनुसार ९ बजे जहाज अवतरण गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top