थाके जेलेन्स्की,रुससंगको युद्ध अन्त्य गर्न तयार

१६ असार, एजेन्सी ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको तीन वर्ष लामो युद्ध अन्त्यको योजना बनाइरहेको बताएका छन् । शुक्रबार किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सो कुराको जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौं ।’

तर राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन । युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राखेको छ ।

तर फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् । यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए ।

त्यहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन । यसअघि बिहीबार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताएका थिए । युक्रेनको झन्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औँल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top