NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

यी हुन् टी–२० विश्वकप २०२४ का सेभेन स्टार

सोमवार असार १७ , २०८१
Reading Time: 1 min read
A A
यी हुन् टी–२० विश्वकप २०२४ का सेभेन स्टार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ असार,एजेन्सी ।

टी २० विश्वकपको नवौं संस्करण भारतका लागि शुभ रह्यो । उ अपराजित रहँदै दोस्रोपटक च्याम्पियन बन्यो । विश्वकपको समाप्तिसँगै आइसिसीले उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडी सार्वजनिक गरेको छ । जसमध्येका एक हुन्, अफगानिस्तानका फजलहक फारुकी । अफगानिस्तान पहिलोपटक सेमिफाइनल पुग्नुको पछाडि फारुकीको योगदान धेरै छ ।

विशेषतः उनले समूह र सुपर एटमा घातक बलिङ गरेका थिए । समूह चरणमा युगान्डाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका फारुकीले ९ रन खर्चेर पाँच विकेट लिए । यसैगरी न्युजिल्यान्डलाई स्तब्ध बनाउँदा उनले १७ रन दिँदै चार विकेट लिए । समग्रमा उनले विश्वकपमा आठ खेलबाट १७ विकेट लिए । विश्वकपका उनी सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहे ।

पहिलो तीन खेलमै उनले १२ विकेट लिएका थिए । यस्तै अर्का हुन् भारतका जसप्रीत बुमराह । चोटका कारण जसप्रीतले गत संस्करणको विश्वकप गुमाएका थिए । यसपटक उनी फर्कंदा भारतका लागि म्याच विनर नै साबित भए । भारतले सन् २००७ पछि विश्वकप उपाधि उचाल्दा उनले १५ विकेट लिए । विशेषतः उनले सेमिफाइनल र फाइनलमा विपक्षी ब्याट्सम्यानलाई चल्नै दिएनन ।

दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उनले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरी खेल फर्काएका थिए । ३० वर्षीय जसप्रीत प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । न्युयोर्कमा पाकिस्तानविरुद्ध उनले १४ रन खर्चेर तीन विकेट लिँदै भारतलाई जित दिलाए । उनले अफगानिस्तानविरुद्ध तीन विकेट हात पार्न ७ रन दिएका थिए । दक्षिण अफ्रिकाका एनरिक नोट्जी पनि आईसीसीको उत्कृष्ट सातमा अटाएका छन् ।

दायाँहाते फास्ट बलर एनरिकले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेका छन । ३० वर्षीय नोट्जी नवौँ विश्वकपमा मजाले छाए । उनले वेस्ट इन्डिज र अमेरिकाको पिचमा एकनासको प्रदर्शन गरे । दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुग्नुको पछाडि उनको योगदान धेरै रह्यो । उत्कृष्ट फर्ममा रहेका नोट्जीले भारतविरुद्धको फाइनलमा महत्वपूर्ण दुई विकेट लिए । श्रीलंकाविरुद्ध उनले सात रन खर्चेर चार विकेट हात पारे ।

यद्यपि, समूह चरणमा उनले नेपालविरुद्ध रोमाञ्चक १ रनको जित निकाल्दा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन । उनले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण दुई विकेट लिएका थिए । यस्तै यो सूचीमा भारतका रोहित शर्मा पनि रहेका छन् । ३७ वर्षीय ओपनर रोहित शर्मा भारतलाई दोस्रोपटक विश्वकप उपाधि जिताउने एक्ला खेलाडी हुन ।

विश्वकपको पहिलो संस्करण भारतले जित्दा उनले त्यति धेरै मौका पाएका थिएनन । यसपटक आफ्नै कप्तानीमा उनले भारतलाई टी–२० विश्वकप दिलाए । विश्वकप ट्रफी चुम्दै उनले अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्न्यास घोषणा गरे । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने उनी नै हुन ।

उनले सुपर ऐटमा अस्ट्रेलियाविरुद्ध ४१ बलमा ९२ रन बनाएका थिए । रोहितले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि ५७ रन बनाए । यस्तै अर्का उत्कृष्ट खेलाडी हुन् अस्ट्रेलियाका ट्रेभिस हेड । गत वर्ष अस्ट्रेलियाले भारतलाई हराएर एकदिवसीय विश्वकप जितेको थियो । एकदिवसीय विश्वकपमा ट्रेभिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए ।

यसपटक टी–२० विश्वकपमा उनले अस्ट्रेलियाका लागि आक्रामक सुरुवात दिलाए । तर, सुपर ऐटको निर्णायक खेलमा भारतसँग २४ रनले पराजित भएपछि अस्ट्रेलियाको विश्वकप उपाधि यात्रा रोकियो । नवौँ विश्वकपमा बलर हाबी हुँदा ट्रेभिसले विपक्षीलाई संकटमा राखेका थिए । ३० वर्षीय ओपनर ट्रेभिसले प्रतियोगितामा २५५ रन जोडे ।

समग्रमा विश्वकपभरि उच्च रन बनाउने तेस्रा खेलाडी बने । उनले दुई अर्धशतक बनाए । अफगानिस्तानका रहमानुल्लाह गुर्वाज पनि उत्कृष्ट सातमा परेका छन् । नवौँ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको राष्ट्र अफगानिस्तान हो । अफगानिस्तानले सनसनी मच्चाउँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा बंगलादेशलाई हरायो ।

यस सफलतामा ओपनर गुर्वाजले महत्वपूर्ण योगदान गरेका थिए । २२ वर्षीय ओपनर गुर्वाजले आठ खेलमा २८१ रन बटुले । उनले सर्वाधिक रन बनाउने सूचीमा भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई पछि परे । यस्तै अर्का हुन्, दक्षिण अफ्रिकाका क्विन्टन डी कक ।

विश्व क्रिकेटमा फाइनल खेल्न नसक्ने चोकर्सको ट्याग दक्षिण अफ्रिकाले नवाँै विश्वकपमा तोडेको थियो । यसमा ओपनर ब्याट्सम्यान डी ककले व्यक्तिगत प्रदर्शनमा आफूलाई अगाडि राखे । उनले विश्वकपमा नौ खेल खेल्दा २४३ रन जोडे । दक्षिण अफ्रिकाका लागि व्यक्तिगत दुई सयभन्दा बढी रन जोड्ने उनी एक्ला खेलाडी हुन । विश्वकपमा नौ खेल खेल्दा उनले दुई अर्धशतकीय इनिङ्स खेले ।

Tags: #टी–२० विश्वकप २०२४#टी–२० विश्वकप २०२४ का सेभेन स्टार#विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडी

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.