×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

कस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण ?

२० असार २०८१

१९ असार, एजेन्सी ।

अन्ततः ब्राजिल कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

Advertisement
Advertisement

कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।

ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो ।

ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क बटुल्यो । त्यो समूहबाट सात अङ्कसहित कोलम्बिया पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश ग¥यो ।

समूहगत चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि कोस्टा रिकाका लागि भने कोपा–अमेरिकाको ४८औँ संस्करण दूर्भाग्यपूर्ण रह्यो ।

कोस्टा रिकाले आफ्नो अन्तिम खेलमा पाराग्वेलाई २–१ गोलले पराजित गरेको थियो । तर, पाराग्वे एक जित, एक बराबरी र एक हारबाट चार अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा रह्यो ।

पाराग्वे भने तीनवटै खेलमा पराजित भयो । कोलम्बियाविरुद्धको खेलमा सुरुआती अग्रता लिएर पनि ब्राजिलले त्यसलाई जोगाउन सकेन ।

खेल सुरु भएको १२औँ मिनेटमै राफिन्हाले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कोलम्बियाले जवाफी गोल गरेको थियो ।

कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरेका थिए । यसैगरी पाराग्वेविरुद्धको खेलमा कोस्टा रिकाले दुबै गोल पाँच मिनेटको बिचमा गरेको थियो ।

खेल सुरु भएको तेस्रो मिनेटमै फ्रान्सिस्को काल्भोले पहिलो गोल गरेका थिए । सातौँ मिनेटमा जोसिमर अल्कोशेरले अग्रता दोब्बर बनाएका थिए । पाराग्वेका लागि भने एकमात्र गोल ५५औँ मिनेटमा रामोन सोसाले गरेका थिए ।

बुधबार विहानको खेलसँगै कोपा–अमेरिकाको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ ।

क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको, भेनेजुएलाले क्यानडाको, कोलिम्बयाले पानामाको तथा ब्राजिलले उरुग्वेको सामना गर्नेछन् ।

ब्राजिलले यस समूहबाट तीन खेलबाट दुई बराबरी र एक जितसहित पाँच अंक जोड्यो। ब्राजिल यो समूहको उपविजेता हो।

उरुग्वे समूह सी को विजेता बन्दै अन्तिम आठमा पुगेको थियो। अपराजित रहेको उरुग्वेले तीन खेलबाट शतप्रतिशत जित हासिल गर्दै नौ अंक जोड्यो।

यी दुईबीचको खेल आइतबार बिहान एलेजियन्ट स्टेडियममा हुनेछ। ब्राजिल ९ पटक कोपा च्याम्पियन बनेको छ भने उरुग्वे १५ पटक च्याम्पियन बनिसकेको छ।

Advertisement
Advertisement

कोपा अमेरिकामा अर्जेन्टिनाले पनि समान १५ पटक कोपा अमेरिकाको उपाधि उचालिसकेको छ । क्वार्टरफाइनल खेल भने शुक्रबार बिहानदेखि सुरु हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top