×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

युरोकप भिडन्तः जर्मनी भर्सेस स्पेन तथा पोर्चुगल र फ्रान्स

२२ असार २०८१

२१ असार, एजेन्सी ।

युरोकप २०२४ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आजबाट सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ । स्पेन र जर्मनी बीचको खेल राति ९ः४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।

Advertisement
Advertisement

चारै टोली पूर्व च्याम्पियन रहेकाले प्रतियोगिता थप रोचक बन्दै गइरहेको छ । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् । त्यसैले पनि क्वाटरफाइनलका खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् । जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो ।

यस्तै स्पेनले जर्यालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यस पटक स्पेन र जर्मनी दुवै टोली लयमा देखिएका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । तर एक टोलीको मात्र लक्ष्य पूरा हुनेछ । स्पेनले सन् २००० यता दुई पटक युरो जितिसकेको छ । २००८ र २०१२ मा स्पेनले युरो जितेको थियो ।

स्पेनले १९६४ मा पहिलो पटक युरो जितेको थियो । जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । सन् १९७२ मा पहिलो पटक युरो जितेको जर्मनीले त्यसपछि १९८० र पछिल्लो पटक १९९६ मा उपाधि जितेको थियो । स्पेन र जर्मनी भिड्दा दुवै टिमका युवा खेलाडीहरुमा नजर हुनेछ । स्पेनका फरवार्ड लामिन यामल र निको विलियम्स तथा जर्मनीका जमाल मुसिएलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । यो खेल पनि दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो । यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । यस्तै पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम युरो खेलिरहेका छन् । युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले यस पटक भने अपेक्षा अनुसार खेल्न सकेका छैनन् । उता फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेको छैन । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

Advertisement

फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीच सनसनीपूर्ण भेट हुने भएपछि आजको खेल थप रोमाञ्चक बन्ने देखिएको छ । फ्रान्स र पोर्चुगल दुवैले अन्तिम १६ को खेलमा भाग्यमानी बन्दै जित निकालेका थिए । फ्रान्सले खेलको अन्त्यतिर आत्मघाती गोल मद्दतमा बेल्जियमलाई १–० ले पराजित गरेको थियो । यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको थियो, जहाँ पोर्चुगलका डिएगो कोस्टाले तीन पेनाल्टी बचाएका थिए ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top