रास्वपाबाट महामन्त्रीलाई निष्कासन गर्न सिफारिस

२५ असार ८१, मंगलबार

२५ असार, विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाल पार्टीबाट निश्कासित हुने भएका छन् । उनलाई रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थ

प कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सो सिफारिसबारे केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ । यसअघिको बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकाविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

Advertisement

अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक जारी छ । ‘अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहेनगरी कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको छ’, एक पदाधिकारीले भने, ‘यस विषयमा जारी बैठकले निर्णय गर्न सक्छ।’

अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको हो । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो ।

Advertisement

ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको, समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top