आज कहाँ कहाँ हुन्छ भारी वर्षा ? १० नदीमा बाढीको अनुमान

२७ असार ८१, बिहीबार

२७ असार,काठमाण्डौ ।

Advertisement

आज (बिहीबार) देशका ३७ जिल्ला र त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ ।

महाशाखाले बिहीबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी बाढीको जोखिम रहेका जिल्लाबारे जानकारी दिँदै त्यस जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो। सो बुलेटिनअनुसार आज पूर्वदेखि पश्चिमसम्म देशका ३० जिल्ला र त्यस आसपास बाढीको उच्च जोखिम छ।

Advertisement

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।

साथै आज ७ जिल्ला र त्यस आसपास बाढीको मध्यम जोखिम छ। बुलेटिनअनुसार आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीको बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढी हुन सक्ने मध्यम जोखिम देखिएको हो। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र बढ्दो अवस्थामा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top