×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६

२८ असार २०८१

२७ असार, विराटनगर ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अष्ट्रियाको भ्रमण पूरा गरी भारत फर्किएका छन् । उनको यो भ्रमणले युक्रेन युद्धका कारण पश्चिमा र रुसबीचको टकरावलाई झनै खतराउन्मुख बनाएको छ ।

Advertisement
Advertisement

रुस र अष्ट्रियामा पुगेर मोदीले युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै शान्तिको वकालत गरेपनि युक्रेनसहित अमेरिकाले मोदीको रुस भ्रमणप्रति असन्तुष्टि जनाएका छन् ।

मोदीलाई मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वागत गर्दै गर्दा अमेरिकामा भने नेटो सदस्य राष्ट्रहरुले युक्रेनको सुरक्षाका विषयमा महत्वपूर्ण बैठक गरिरहेका थिए ।

जहाँ अमेरिकी विदेशमन्त्रीले लामो समयदेखि युक्रेनले माग गरिरहेको शक्तिशाली फाइटर जेट एफ १६ युक्रेनलाई दिने घोषणा गरेका छन् । यद्यपि रुसको विषयमा भारतको कदमबाट अमेरिका चिढिएको यो पहिलो पटक मात्रै होइन् ।

रुसलाई प्रतिबन्ध लगाउने देखि रुसी इन्धन खरिद नगर्न अमेरिकाले गरेको आग्रह भारतले अस्वीकार गर्दै आएको छ । यतिबेला फेरि आफ्नो ठूलो व्यापारिक साझेदार र विश्वको शक्तिराष्ट्र अमेरिकालाई समेत चिढ्याएर मोदी किन रुस गए ? अनि यो भारतका लागि कति पलदायी बन्यो भन्ने चासो बढेको छ ।

मोदीको भ्लादिमिर पुटिनसँग निकै न्यानो भेटघाट भएको छ । मोदीसँग पुटिनले निक्कै लामो समय भलाकुसारी गरेका थिए । दुई नेताको भेट अमेरिकामा नेटो शिखर सम्मेलन भइरहेका बेला भएको हो ।

नरेन्द्र मोदी र भ्लादिमिर पुटिनको अंगालोमा बाँधिदा नेटो शिखर सम्मेलनको ठीक अघि अमेरिकी अधिकारीहरू क्रोधित बनेका छन्। ब्लूमबर्गसँग कुरा गर्दै, बाइडेन प्रशासनका दुई अधिकारीहरूले भनेका छन् कि मोदीको पाँच वर्षमा पहिलो रूस भ्रमणले भारत सरकारसँग अमेरिकाको घनिष्ठ सम्बन्धको विरुद्धमा रहेकाहरूको फाइदामा प्रश्न उठाउने अवसर प्रदान गरेको छ।

ब्लूमबर्गको रिपोर्टका अनुसार मोदीको मस्को भ्रमण यस्तो समयमा भएको हो जब रुसी आक्रमणमा युक्रेनमा ३८ जनाको मृत्यु भइसकेको छ र अमेरिकाले नेटो शिखर सम्मेलन आयोजना गरिरहेको छ ।

यस्तो अवस्थामा यो भ्रमणले बाइडेनलाई युक्रेनको समर्थन बढाउन पनि बाध्य बनाएको छ । मोदीको मस्को भ्रमणबारे अमेरिकी अधिकारीले भनेका छन्, ‘हामी विश्वस्त छौं कि भारत–अमेरिका सम्बन्धले वर्तमान घटनाक्रमलाई वार्ताबाट पार गर्नेछ, तर यो पनि सत्य हो कि मोदीको भ्रमणले बाइडेन प्रशासनलाई असहज बनाएको छ ।

अमेरिकी अधिकारीहरूले पनि पछिल्ला हप्ताहरूमा आफ्ना भारतीय समकक्षहरूलाई आफ्नो चिन्ता व्यक्त गरेका छन्। यस्तै एउटा कलमा राज्यका उपसचिव कर्ट क्याम्पबेलले भारतीय विदेश सचिव विनय मोहन क्वात्रालाई भ्रमणको समय विशेषगरी वाशिङटनका लागि समस्याग्रस्त भएको बताएका थिए ।

यद्यपि क्याम्पबेलले यो पनि भनेका छन् कि अमेरिकाले बुझेको छ कि भारत र रुससँग लामो समयको सम्बन्ध छ। भारतलाई रणनीतिक साझेदारको रूपमा वर्णन गर्दै, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारीले भनेका छन् कि यी सम्बन्धहरूले भारतलाई पुटिनलाई युद्ध अन्त्य गर्न र युक्रेनको लागि दिगो शान्ति प्राप्त गर्न आग्रह गर्ने क्षमता दिन्छ।

अमेरिकी अधिकारीका अनुसार रुसी सञ्चारमाध्यममा फैलिएको अनुमानपछि भारत सरकारले मोदीको योजनाबारे अमेरिकालाई जानकारी गराइसकेको थियो र अमेरिकालाई भ्रमण निकै सहज हुने आश्वासन दिएको थियो ।

सेन्टर फर ए न्यू अमेरिकन सेक्युरिटी थिंक ट्यांक वाशिंगटनमा वरिष्ठ फेलो र ह्वाइट हाउसका पूर्व अधिकारी लिसा कर्टिस भन्छिन्, ’ मोदीको यात्राको समयले अमेरिकी हितलाई बेवास्ता गरेको देखाउँछ।

गत वर्षमा अमेरिका–भारत सम्बन्धमा भएको प्रगतिलाई हेर्दा यो राम्रो सङ्केत होइन । भारतले रुस र अमेरिकाबीच सन्तुलन कायम गर्ने काम गरिरहेको छ तर रुसतर्फ झुकेको देखिन्छ ।

अब भारत र रुसले रक्षा साझेदारीमा नयाँ फड्को मार्दैछन्। दुवै देशले आफ्नो अर्को संयुक्त रक्षा परियोजनामा महाराष्ट्रको नासिकमा सुखोई–३० निर्माण गर्न सक्नेछन्। यो अमेरिकाका लागि सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो ।

यस परियोजनाका लागि छलफल चलिरहेको र आगामी दिनमा भारतमा सुखोई–३० को बृहत् उत्पादन सुरु हुन सक्ने स्पुतनिक इन्डियाले जनाएको छ । मोदीको हालैको रुस भ्रमणपछिको संयुक्त विज्ञप्तिमा दुवै देशले रुसी मूलका हतियारका पार्टपुर्जाको उत्पादन, मर्मत र मर्मतसम्भारमा काम गर्न सहमति जनाएका छन् ।

रुसी प्रविधिमा आधारित हतियारको संयुक्त उत्पादनबाट भारतको आवश्यकता पूरा गरेपछि निर्यात पनि गरिनेछ ।नासिकस्थित हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) प्लान्टमा भारतीय वायुसेनाका लागि रुसी मूलका लडाकु विमान निर्माण गर्न वार्ता भइरहेको स्पुतनिक इन्डियाले बताएको छ।

सन् १९६४ मा रुसको सहकार्यमा सुरु भएको यो प्लान्टले मिग–२१ र पछि सुखोई–३० लडाकू विमानको उत्पादन र मर्मतसम्भारमा संलग्न रहेको छ । यस प्लान्टबाट सुखोई–३० लडाकु विमानको निर्माण सुरु गर्ने अन्तिम तयारी छ ।

हाल भारतीय वायुसेनासँग सबैभन्दा बढी सुखोई–३० विमान छन् । भारत र रुसबीचको सम्झौतामा २७२ सुखोई–३० विमानको सम्झौता भएको थियो । जसमध्ये ठूलो संख्यामा एचएएल प्लान्टमा उत्पादन भएको थियो।

यो प्लान्ट भविष्यमा रुसी मूलका विमान भएका देशका विमान मर्मतका लागि पनि प्रयोग गर्न सकिनेछ ।

उता मोदीले युक्रेनको शान्तिको वकालत गरिरहदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एफ–१६ लडाकु विमानको पहिलो खेप युक्रेन पठाइने बताएका छन् ।

बुधबार नेटो शिखर सम्मेलनमा बोल्दै ब्लिन्केनले डेनमार्क र नेदरल्याण्ड्सबाट युक्रेनमा एफ–१६ पठाइँदै आएको बताए । वासिङ्टन डिसीमा भएको नेटो शिखर सम्मेलनमा नेटो देशका नेताहरूले पनि युक्रेनलाई निरन्तर समर्थन गर्ने कुरा दोहो¥याएका छन्।

अमेरिकी निर्मित एफ १६ लाई संसारको उत्कृष्ट लडाकु विमानहरूमा गनिन्छ। यसले लडाईमा धेरै भूमिका खेल्न सक्छ। यो हावा देखि हावा र हावा देखि सतह आक्रमणमा धेरै सफल छ। यस्तो अवस्थामा युक्रेनले यो जेटको सहयोगमा रुसलाई युद्धमा कडा चुनौती दिन सक्छ।

सीएनएनको रिपोर्टका अनुसार ब्लिन्केनले रुसी आक्रमणको प्रभावकारी रूपमा प्रतिकार गर्न युक्रेनको आकाशमा एफ–१६ जेट विमान उड्ने बताए । युक्रेनले लामो समयदेखि आधुनिक विमानको माग गर्दै आएको थियो ।

यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ–१६ हस्तान्तरणको अनुमति दिएका थिए । यद्यपि, धेरै विज्ञहरूले युक्रेनी कर्मचारीहरूलाई विमान उडान गर्न तालिम दिन लागेको समयप्रति चिन्ता व्यक्त गरेका छन्।

नेटो शिखर सम्मेलनको एजेन्डामा युक्रेनमा रुसको आक्रमण शीर्ष स्थानमा छ । यस शिखर सम्मेलनमा ३२ नेटो सदस्य राष्ट्रका नेता सहभागी छन् । जसमा युक्रेनका राष्ट्रपति पनि पर्छन्।

नेटो सदस्यहरूले युक्रेनलाई मद्दत गर्न पाँच थप प्याट्रियट र अन्य रणनीतिक वायु रक्षा प्रणालीहरू प्रदान गर्ने घोषणा गरेका छन्। अमेरिका, नेदरल्याण्ड्स र डेनमार्कका नेताहरूले एफ–१६ हस्तान्तरणबारे संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी युक्रेनको हवाई क्षमतालाई थप वृद्धि गर्न प्रतिबद्ध छौं।

चौथो पुस्ताको एफ–१६ विमानको स्क्वाड्रन युक्रेनी वायुसेनामा समावेश गरिँदैछ । गठबन्धनको उद्देश्य उनीहरूको मर्मत र हतियारलाई समर्थन गर्ने हो।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले एफ–१६ लडाकु विमान पाएकोमा राहत र खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले लेखेका छन्, ‘अमेरिका, डेनमार्क र नेदरल्यान्ड्सलाई एफ–१६ उपलब्ध गराएर युक्रेनको वायुसेनालाई बलियो बनाएकोमा हामी धन्यवाद दिन्छौं।

म विश्वस्त छु कि यी जेटहरूले युक्रेनका जनतालाई रुसी आक्रमणबाट बचाउन मद्दत गर्नेछन्। यसले किभमा बालबालिकाको अस्पतालमा भएको आक्रमण जस्ता घटनाहरूलाई रोक्न सक्नेछ। नेटो शिखर सम्मेलन बाइडेनका लागि धेरै महत्त्वपूर्ण समयमा भइरहेको छ।

उनले यसै वर्षको अन्त्यमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्नेछ । शिखर सम्मेलनमा आफ्नो सम्बोधनका क्रममा, बाइडेनले युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने वाचा गरे । उनले नेटो यसको इतिहासमा पहिलेभन्दा बलियो भएको समेत बताएका छन् ।

एकातिर मोदीले पुटिनसँग वार्ता गर्दै युद्धभूमिबाट समस्या समाधान नहुने भन्दै शान्तिको खोजीमा आफू मध्यस्तता गर्न तयार रहेको बताइरहेका छन् भने नेटोले रुसविरुद्ध प्रयोग गर्ने गरी शक्तिशाली आधुनिक एफ १६ लडाकु जेट उपलब्ध गराउने निणर््ाय लिएको छ।

Advertisement
Advertisement

अब युक्रेनले यी जेट प्रतिरक्षामा मात्रै होइन रुसी भूमिमा समेत आक्रमणमा उतार्ने छ । यसले युद्धको आगोमा झनै ध्यु थप्ने काम गर्नेछ । यसका बारेमा तपाई प्रतिक्रिया अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top