×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्युरोडमा ८ तले ई-पार्किङ बनाउन ६ कम्पनी प्रतिस्पर्धामा, अर्को हप्ता छनोट हुने

२ आश्विन २०७५

काठमाडौं,असोज २
काठमाडौं महानगरको धर्मपथमा इलेक्ट्रोनिक पार्किङ बनाउन ६ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । करिब १ अर्ब लागत अनुमान गरिएको पार्किङ निर्माण गर्न ६ वटा ठेकदार कम्पनीले आवेदन दिएका हुन् ।

आवेदन दिएका कम्पनीहरुको मूल्याङकन प्रक्रिया सुरु भैसकेको महानगरका प्रशासकिय अधिकृत नवराज ढकालले बताए । उनका अनुसार मुल्याङकन सकिएपछि एक कम्पनीको छनोट गरिनेछ । यसरी छनोट भएको कम्पनीमाथि दाबी विरोध गर्न एक हप्ताको समय छुट्याइनेछ ।

Advertisement
Advertisement

सो अवधिमा कुनैपनि दाबी विरोध नपरेमा सोहि कम्पनीले पार्किङ निर्माण गर्नेछ ।कम्पनीसँग महानगरले २५ वर्षको सम्झौता गर्नेछ । यसमा कम्पनीले वार्षिक निश्चित रकम महानगरलाई बुझाउनु पर्नेछ । २५ वर्षपछि कम्पनीले महानगरलाई पार्किङ हस्तान्तरण गर्नेछ ।

महानगरले स्मार्ट पार्किङ निमार्णका लागि गत भदौं २० गते बोलपत्रको आव्हान गरेको थियो । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको छ ।

यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ ।

बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ ।

महानगर पुर्वाधार विकास प्रमुख महेश काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ ।

स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । पार्किङबाट कति रकम तोक्ने पछि नै निर्णय हुने पुर्वाधार प्रमुख काफ्लेले बताए । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ ।

Advertisement

आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४/०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top