×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

पुटिनलाई पक्राउ गर्ने तयारी कसले गर्याे ?

३ श्रावण २०८१

३ साउन , एजेन्सी ।

अमेरिकासहित सिंगो युरोपको निशानामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गमा पक्राउ पर्न सक्ने बताइएको छ ।

Advertisement
Advertisement

वास्तवमा, पुटिन अर्को महिना ब्रिक्स शिखर सम्मेलनमा भाग लिन जोहानेसबर्ग जाँदैछन्। यस अवधिमा उनलाई पक्राउ गरिनेछ।अन्तराष्ट्रिय मिडिया रिपोर्टहरूमा यो दाबी गरिएको छ।

२२ अगस्टमा ब्रिक्स देशहरूको बैठक हुनेछ। दक्षिण अफ्रिकाले यो बैठक आयोजना गर्दैछ। यसमा पुटिनलाई पनि आमन्त्रण गरिएको छ ।यद्यपि पुटिन उक्त बैठकमा सहभागी हुन जाने वा नमान्ने त्यो भने हेर्न बाँकी छ ।

पक्राउकै वहस छेडिएपछि भने पुटिन अफ्रिका जाने संभावना कम रहेको बताइन्छ ।गए भने गिरफ्तार हुने हुन् कि भन्ने प्रश्नबाट दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा आफैं चिन्तित छन् ।

उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई गिरफ्तार गर्नु भनेको युद्ध निम्त्याएजस्तै हुने चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो विपक्षी दल ‘द डेमोक्रेटिक एलायन्स’ले पुटिनलाई जोहानेसबर्ग भ्रमणका क्रममा पक्राउ गर्न सरकारलाई दबाब दिइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपतिले विपक्षीको यो मागलाई प्रिटोरिया अदालतमा शपथपत्रमार्फत जवाफ दिएका हुन् । यस विषयमा शुक्रबार सुनुवाइ हुनेछ । ३२ पृष्ठको उक्त शपथपत्रमा रामाफोसाले पुटिनलाई पक्राउ गर्नु रुसविरुद्ध युद्ध घोषणा गरेजस्तै हुने बताएका छन् ।

रामाफोसाले यसलाई देशको लागि राष्ट्रिय सुरक्षा खतरा भनेका छन्।यसका साथै उनले यस विषयमा ब्रिक्स देशका नेताहरूसँग कुरा गरिरहेको पनि आफ्नो शपथपत्रमा उल्लेख गरेका छन् । वास्तवमा, रामाफोसा आफ्नो देशमा पुटिनको गिरफ्तारी चाहँदैनन्।

यसका लागि उनीहरू विकल्प खोजिरहेका छन् ताकि पुटिनलाई गिरफ्तार गर्न नपरोस्। अर्कोतर्फ रुसले पनि पुटिन पक्राउ परे मस्को विरुद्धको प्रत्यक्ष युद्धको घोषणा मानिने स्पष्ट पारिसकेको छ ।

गत महिना दक्षिण अफ्रिकाका राष्ट्रपतिले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग छुट्टाछुट्टै भेट गरेका थिए । रामाफोसाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कीभमा भेटेका थिए।

यसपछि उनले पुटिनलाई सेन्ट पिटर्सबर्गमा भेटे । सो क्रममा उनले दुवै नेतासँग युद्ध पूर्णरुपमा अन्त्य गर्ने विषयमा कुराकानी गरेका थिए ।अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धलाई लिएर रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ ।

आईसीसीले पुटिनमाथि युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउन पर्याप्त प्रमाण रहेको बताएको छ । यदि पुटिनले देश छोडे भने उनलाई पक्राउ गर्न सकिन्छ। त्यसैले पुटिन जोहानेसबर्ग भ्रमणका क्रममा पक्राउ पर्न सक्ने धेरै सञ्चारमाध्यममा दाबी गरिएका छन् ।

यसै कारण पुटिन पछिल्लो समय आफ्ना अनुकुलका देशहरुको भ्रमणमा मात्रै जाने गरेका छन् । पुटिनले युद्ध सुरु भएयता, चीन, उत्तर कोरिया तथा भारतको भ्रमण गरिसकेका छन् ।

२०२३ मार्चमा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध वारेन्ट जारी गरेको छ। युक्रेनविरुद्ध युद्ध अपराध गरेको आरोपमा उक्त वारेन्ट जारी भएको हो।

गैरकानुनी रुपमा मानिसहरुको स्थानान्तरणको आरोप पनि पुटिनमाथि लगाइएको छ। युक्रेनमा भएको युद्ध अपराधमा उनी जिम्मेवार रहेको आरोप लगाइँदै आइएको छ।

तर रुसले उक्त आरोप अस्वीकार गर्दै आएको छ। रसियाले युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि दुई देशबीच युद्ध सुरु भएको थियो।अझै पनि अमेरिकी र युरोपेली राष्ट्रहरूको समर्थनमा युक्रेन युद्धमै छ।

यता रसिया भने युक्रेनमा आफ्नो पकड कायम राख्न लागि रहेको छ। रसियाले युक्रेनको केही स्थानमा आक्रमणलाई अझै तीव्रता दिइरहेको छ । रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेन माथि एकतर्फी आक्रमण सुरु गरे पछि रुस बिरुद्ध युद्ध अपराधको बात लाग्दै आइरहेको छ।

Advertisement

रुसले आक्रमणका क्रममा युद्ध अपराध भएको आरोप अस्वीकार गरेको छ । उसले पुटिनविरुद्धको वारेन्टलाई अर्थहीन भएको टिप्पणी गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top