प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

३ असार ,काठमाण्डौ ।

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री प्रकाशमान सिंहले नेपाली काग्रेसको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

४ दलीय गठबन्धन सरकारमा उनी प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा रहेका छन् । यसअघि पनि पटक पटक मन्त्री भइसकेका सिंहले यसपटक मन्त्रालय सम्हाले लगत्तै विदेशी राजदूत र सुरक्षा निकायका प्रमुखहरुसँग भेटवार्ता गरेर बेग्लै छनक दिएका छन् ।

मन्त्रालय सम्हालेको भोलिपल्टै मंगलबार भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै आफै फेसबुकबाट तस्वीर सार्वजनिक गरेका छन् ।

अर्काे महत्वपूर्ण विषय भनेको चाँही उनले देशका तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारी लिएको उल्लेख गरेका छन् ।

सिंहको यो स्टाटस पछि शहरीविकास मन्त्रीले देशका सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्था बारे ब्रिफिङ लिन मिल्छ कि मिल्दैन भन्ने बहस सुरु भएको छ ।

सरोकारवाला मन्न्त्रालयका रुपमा सुरक्षाका विषयमा प्रधानमन्त्री तथा गृहमन्त्रीले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिनु पर्ने हो तर शहरी विकास मन्त्रालयको जिम्मा पाएका सिंहले सुरक्षाका विषयमा चासो राखेको विषयलाई भने पूर्व सुरक्षा अधिकारी र नेताहरुले समेत चासोका साथ हेरेका छन् ।

‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’ मन्त्री सिंहले लेखेका छन् ।

यो स्टाटसमा उनले प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्याल र राष्ट्रिय अनुशन्धान विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिर समेत मन्त्री सिंहले सार्वजनिक गरेका छन् ।

सुरक्षाको तालकुदार मन्त्रालय भने गृह हो । जहाँ नेपाली कांग्रेसकै रमेश लेखकले जिम्मेवारी सम्हालेका छन् । तर त्यसको एक कदम अघि बढेर शहरी विकास मन्त्री सिंहले गृह मातहका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको अनुशन्धनका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै मन्त्री सिंहको आलोचना समेत भएको छ ।

पूर्व सुरक्षा अधिकारीहरुले नै मन्त्री सिंहले देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी’ लिनु गम्भीर त्रुटी रहेको बताएका छन् । सिंहको स्टाटसमा समेत कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले स्टण्ट गरेको सम् मभनेका छन् ।

उनको स्टाटसमा निरोज पौड्यालले लेखेका छन्, प्रकाशमान दाइले म सहरी विकास मन्त्री हुँ अनि गृहको नेतृत्वचाहिँ रमेश लेखकले सम्हाल्नु भएको छ भन्ने भुल्नु भएको जस्तो लाग्यो। एक पटक दाजु तपाईं गृहमन्त्री होइन भनी सम्झाउनुपर्ने भो।

यस्तो जानकारी उहाँले मन्त्री लेखकबाट लिँदा भैहाल्छ नि ? योत लामिछानेजी पहिलोपटक गृहमन्त्री बन्दा राहादानी विभागकोअनुगमनमा पुगेकोभन्दा पनि झुर स्टन्ट भयो।

यस्तै माधव प्रसाद तिवारीले दुईटा सरकारको जस्तो अभ्यास भएको भन्दै लेखेका छन् , कांग्रेस र एमालेको छुट्टाछुट्टै सरकार भएको जस्तो अभ्यास अहिलेबाटै सुरू भयो भने त गठबन्धन नै चिलिम होला नि फेरि ! सिंहको सचिवालय स्रोतका अनुशार बुधबारको भेट उपप्रधान तथा शहरी विकास मन्त्री सिंहलाई बधाई दिन तीन वटै सुरक्षा निकायका प्रमुखहरूले समय मागेका थिए ।

त्यसपछि तीनै प्रमुखलाई सिंहले एउटै समय दिएका उनीहरू बुके बोकेर सिंहको कार्यकक्षमा पुगेका थिए । कतिपयले भने सुरक्षाका प्रमुखहरुले नै यसरी नेतालाई भेटेर चाकडी प्रस्तुत गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

पूर्वगृहमन्त्री रवि लामिछानेले यसअघि सुरक्षा निकायका अधिकारीहरुलाई नेताको चाकडी छाडेर कानूनले दिएको अधिकार प्रयोग गर्न निर्देशन दिएका थिए । उनले सरुवा बढुवाका लागि नेताको घर दैलो धाउनु पर्ने अवस्थाको अन्त्य गरिने बताएका थिए ।

तर अस्थिर सरकारका कारण नेपाल प्रहरी भित्र सरुवा र बढुवाका लागि राजनीति हावी हुने क्रम बढेको राजनीतिक दलका नेता र स्वयम सुरक्षा निकायका अधिकारीहरु नै स्वीकार गर्ने गर्दछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.