अमेरिकी भिसा दिन उपसभामुखको लेटर हेडबाट निवेदन

२ साउन ८१, बिहीबार

३ असार , काठमाण्डौ।

उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसाका निम्ति लेखेको व्यक्तिगत पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छिन् । उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई आफूसहित छ जना अमेरिका जानुपर्ने भएकाले चाँडो इन्टरभ्यूको डेट मिलाइदिन अनुरोध गर्दै लेखिएको पत्र नै सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ ।

उपसभामुख रानाले झन्डै डेढ वर्षअघि लेखेको पत्रमा कमिसन अन द स्टाटस अफ ओमन ‘सीएसडब्ल्यू ६७’ को कार्यक्रममा सहभागी हुन आफूसमेत जाने उल्लेख गरी आफ्नो कूटनीतिक राहदानी र सिफारिस गरिएका पाँचको साधारण राहदानी नम्बरसमेत राखी पत्र पठाइएको थियो ।

पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको नाम उल्लेख छ । आफूले सिफारिस गरेका पाँच जनालाई दूतावासले भिसा नदिए पनि उपसभामुख मगर उक्त कार्यक्रममा सहभागी हुन २६ फागुनमा कतार एयरको विमानबाट दोहा हुँदै अमेरिका प्रस्थान गरेकी थिइन् ।

एक साताको भ्रमण पछि उनी नेपाल फर्किएकी थिइन् । रानाले २५ फेब्रुवरी २०२३ (२०७९ फागुन १३) मा लेखेको पत्र सार्वजनिक भएको छ। पत्र सार्वजनिक भएसँगै उपसभामुखमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

उपसभामुख पद विशिष्ट व्यक्तिहरुकोे मर्यादाक्रममा सातौँ नम्बरमा पर्छ । राज्यबाट उच्च अपदस्थ ‘भीआईपी’ सुविधा लिने व्यक्ति विदेश जानुपरे भिसा प्रक्रिया सरकारी संयन्त्रले गरिदिन्छ ।

उपसभामुखको हकमा भ्रमणको प्रयोजन र उद्देश्य खुल्नासाथ त्यसमा जाने या नजाने निर्णय भएपछि महासचिवबाटै तोक लगाएर प्रक्रिया अघि बढ्छ ।

संघीय संसद्को अन्तर्राष्ट्रिय शाखाबाट अनुमोदन भएपछि महासचिवले परराष्ट्र मन्त्रालयलाई पत्रसहित सिफारिस गरेपछि परराष्ट्रमार्फत् अमेरिकी दुतावाससँग भिसा प्रक्रिया अघि बढ्छ ।

तर, त्यसरी पुग्नुपर्ने पत्र सिधै सर्वसाधारणको हातबाट अमेरिकी दूतावास पुगेको पाइएको छ । झापा शनिश्चरेकी राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसदबाट उपसभामुख निर्वाचित भएकी हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top