एसिया कपमा आज नेपाललाई अर्काे इतिहास रच्ने अवसर

५ साउन ८१, आइतबार

६ साउन, एजेन्सी । 

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँगको जितले उत्साहका साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिनेछ ।

पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपाल लगातार जितसहित सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ।

Advertisement

यस्तै, पाकिस्तान भने पहिलो जितको खोजीमा हुनेछन्। सन् २०१६ मा भएको एसिया कपमा भेट भएको पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । आज नेपाललाई त्यही बदला लिने अवसर समेत जुटेको छ। विगत भन्दा नेपालको खेल निक्कै सुधारिएका कारण पनि आज जितको अपेक्षा गरिएको छ । आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ ।

भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।

त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणमा नेपालले भारतसँग जुलाई २३ मा खेल्नेछ । नेपालले करिब आठ वर्षपछि महिला एसिया कपमा सहभागी भएको हो । नेपाली महिला क्रिकेट टिमले यसअघि दुई पटक एसिया कपमा प्रतिस्पर्धा गरिसकेको छ। सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एसिया कपमा ‘डेब्यु’ गरेको थियो। २०१६ को संस्करणमा पनि सहभागिता जनाउँदै नेपालले थप महादेशीय अनुभव प्राप्त ग¥यो।

दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको थिएन । सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो। त्यसैगरि ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन बन्दै घर फर्केको थियो।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top