×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज यी नदीहरुमा सावधान रहनु

७ श्रावण २०८१

७ साउन , काठमाण्डौ ।
आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ। साथै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, चितवन, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब. सु. पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ, प्युठान, रोल्पा, अछाम, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा भने कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । यस्तै आज विहान पाल्पाको अर्चलेमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ ।

Advertisement

अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो । यस्तै काठमाण्डौको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ । काठमाण्डौको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

यस्तै महाशाखाले आज र भोलि भेरी र पश्चिम सेती नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले देशभर साधारणतया बदली रहेर कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

Advertisement

यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top