×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

चुनावी मैदानबाट बाइडेन ब्याक, कमलाको दाउ लाग्यो

७ श्रावण २०८१

७ साउन,काठमाण्डौ ।

आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले समेत चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन अन्ततः दोस्रो पटक पनि राष्ट्रपति बन्ने दौडबाट बाहिरिएका छन् । आइतबार उनले आफ्नो उमेदवारीबाट पछि हटेको घोषणा गरेका हुन् ।

Advertisement

यस्तै उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाममा अब राष्ट्रपति पदको उमेदवारको रूपमा समेत समर्थन गरेका छन् । बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् ।

उनले राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताएका छन् ।

अमेरिकामा चार महिनापछि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दै छन् ।

अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्रै दवाब बढेको थियो ।

फेरि उनको कमजोर स्वास्थ्य अवस्थाले समेत धेरैले उनलाई राष्ट्रपतिको आगामी दौडबाट पछि हट्न सुझाव दिएका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ ।

चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ । यसबीच बाइडेन उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले भने समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् ।

यस्तै जो वाइडेनले अमेरिकी राष्ट्रपतिको उम्मेदवारी छोड्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेन अमेरिकाको सबैभन्दा ‘महत्त्वपूर्ण राष्ट्रपति’मा एक भएको प्रतिक्रिया दिएका छन् ।

ओबामाको पालामा उपराष्ट्रपति भएका बाइडेनले राष्ट्रपतिमा पनि आफूलाई सावित गरेको उनले प्रतिक्रिया दिएका छन् । ओबामाले भनेका छन्, “कोभिड महामारी सकिनुमा बाइडेनको महत्त्वपूर्ण भूमिका छ ।

उनले लाखौँ नोकरी सिर्जना गरेका छन् । औषधिको मूल्य घटाए । ३० वर्षमा बन्दुकको सुरक्षालाई लिएर महत्त्वपूर्ण फैसला गरे ।“ ओबामाले बाइडेनका तर्फबाट राष्ट्रपति पदमा प्रस्तावित कमला ह्यारिसको बारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसले गर्दा उनी कमलाको बारेमा निर्णयमा पुगिनसकेको देखिएको छ । यता बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनी कहिले पनि सो पदको उम्मेदवारका लागि ‘फिट’ नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, “बाइडेन झुठ र फर्जी खबरमा टेकेर राष्ट्रपति पदमा पुगेका हुन् । उनी आफ्नो बेसमेन्टबाट समेत बाहिर निस्केनन् । उनका नजिकका मान्छे जो चिकित्सक र मिडियाका मानिस पनि छन्, उनीहरू सबै जान्दछन् कि उनी राष्ट्रपति पदको लागि सक्षम छैनन् र थिएनन् ।“

उनले दशौँ लाख मानिस सीमा पार गरेर आइरहेको बताए । “उनले हाम्रो देशको लागि के गरे, दशौँ लाख मानिस हाम्रो सीमा पार गरेर आइरहेका छन् । उनीहरूको कुनै जाँच भइरहेको छैन । कैयौँ जेल र मानसिक स्वास्थ्य संस्थाबाट आइरहेका छन्,“ उनले भनेका छन् ।

बाइडेनको राष्ट्रपति कार्यकालको कारण भारी पीडा उठाउनुपर्ने बताएका छन् । “रेकर्ड संख्यामा आतंककारी आइरहेका छन् । उनको राष्ट्रपति कार्यकालको कारण हामीले भारी पीडा उठाउनुपर्नेछ ।

तर, उनले जुन नोक्सान पु¥याएका छन् त्यसलाई हामीले चाँडै नै ठीक गर्नेछौँ“ ट्रम्पले भनेका छन् । बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा विदेशी नेताहरुले भने सह्राहना गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेनलाई ‘ग्रेट म्यान’ भन्दै उनी राष्ट्रको मायाबाट गाइडेड भएको बताएका छन् । राष्ट्रपतिको रुपमा उनी क्यानडाको साझेदार र असल साथी भएको समेत जनाएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि जो बाइडेनको अमेरिकी नेतृत्वको सह्राहना गरेका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बाइडेन सम्मानको लायक भएको जनाउँदै उनले आफ्नोे देश, युरोप र विश्वको लागि धेरै उपलब्धी गरेको जनाएका छन् ।

यता बाइडेनले आफूलाई राष्ट्रपति पदको उमेदवारको रूपमा प्रस्ताव गरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफूले चुनाव जित्ने दाबी गरेकी छन् ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।

Advertisement

उनले आइतबारदेखि नै डेमोक्रेटिक पार्टीका नेता तथा कार्यकर्तालाई फोनबाट समर्थन गर्न आग्रह गर्दै क्याम्पेन समेत अघि बढाएकी छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top