NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

चुनावी मैदानबाट बाइडेन ब्याक, कमलाको दाउ लाग्यो

सोमवार साउन ७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
चुनावको नतिजा स्वीकार गर्न डेमोक्रेटिक पार्टीको आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ साउन,काठमाण्डौ ।

आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले समेत चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन अन्ततः दोस्रो पटक पनि राष्ट्रपति बन्ने दौडबाट बाहिरिएका छन् । आइतबार उनले आफ्नो उमेदवारीबाट पछि हटेको घोषणा गरेका हुन् ।

यस्तै उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाममा अब राष्ट्रपति पदको उमेदवारको रूपमा समेत समर्थन गरेका छन् । बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् ।

Advertisement

उनले राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताएका छन् ।

अमेरिकामा चार महिनापछि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दै छन् ।

अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टीभित्रै दवाब बढेको थियो ।

फेरि उनको कमजोर स्वास्थ्य अवस्थाले समेत धेरैले उनलाई राष्ट्रपतिको आगामी दौडबाट पछि हट्न सुझाव दिएका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ ।

चुनाव आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने हुन्छ । यसबीच बाइडेन उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले भने समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् ।

यस्तै जो वाइडेनले अमेरिकी राष्ट्रपतिको उम्मेदवारी छोड्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेन अमेरिकाको सबैभन्दा ‘महत्त्वपूर्ण राष्ट्रपति’मा एक भएको प्रतिक्रिया दिएका छन् ।

ओबामाको पालामा उपराष्ट्रपति भएका बाइडेनले राष्ट्रपतिमा पनि आफूलाई सावित गरेको उनले प्रतिक्रिया दिएका छन् । ओबामाले भनेका छन्, “कोभिड महामारी सकिनुमा बाइडेनको महत्त्वपूर्ण भूमिका छ ।

उनले लाखौँ नोकरी सिर्जना गरेका छन् । औषधिको मूल्य घटाए । ३० वर्षमा बन्दुकको सुरक्षालाई लिएर महत्त्वपूर्ण फैसला गरे ।“ ओबामाले बाइडेनका तर्फबाट राष्ट्रपति पदमा प्रस्तावित कमला ह्यारिसको बारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसले गर्दा उनी कमलाको बारेमा निर्णयमा पुगिनसकेको देखिएको छ । यता बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनी कहिले पनि सो पदको उम्मेदवारका लागि ‘फिट’ नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, “बाइडेन झुठ र फर्जी खबरमा टेकेर राष्ट्रपति पदमा पुगेका हुन् । उनी आफ्नो बेसमेन्टबाट समेत बाहिर निस्केनन् । उनका नजिकका मान्छे जो चिकित्सक र मिडियाका मानिस पनि छन्, उनीहरू सबै जान्दछन् कि उनी राष्ट्रपति पदको लागि सक्षम छैनन् र थिएनन् ।“

उनले दशौँ लाख मानिस सीमा पार गरेर आइरहेको बताए । “उनले हाम्रो देशको लागि के गरे, दशौँ लाख मानिस हाम्रो सीमा पार गरेर आइरहेका छन् । उनीहरूको कुनै जाँच भइरहेको छैन । कैयौँ जेल र मानसिक स्वास्थ्य संस्थाबाट आइरहेका छन्,“ उनले भनेका छन् ।

बाइडेनको राष्ट्रपति कार्यकालको कारण भारी पीडा उठाउनुपर्ने बताएका छन् । “रेकर्ड संख्यामा आतंककारी आइरहेका छन् । उनको राष्ट्रपति कार्यकालको कारण हामीले भारी पीडा उठाउनुपर्नेछ ।

तर, उनले जुन नोक्सान पु¥याएका छन् त्यसलाई हामीले चाँडै नै ठीक गर्नेछौँ“ ट्रम्पले भनेका छन् । बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा विदेशी नेताहरुले भने सह्राहना गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेनलाई ‘ग्रेट म्यान’ भन्दै उनी राष्ट्रको मायाबाट गाइडेड भएको बताएका छन् । राष्ट्रपतिको रुपमा उनी क्यानडाको साझेदार र असल साथी भएको समेत जनाएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि जो बाइडेनको अमेरिकी नेतृत्वको सह्राहना गरेका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बाइडेन सम्मानको लायक भएको जनाउँदै उनले आफ्नोे देश, युरोप र विश्वको लागि धेरै उपलब्धी गरेको जनाएका छन् ।

यता बाइडेनले आफूलाई राष्ट्रपति पदको उमेदवारको रूपमा प्रस्ताव गरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफूले चुनाव जित्ने दाबी गरेकी छन् ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।

उनले आइतबारदेखि नै डेमोक्रेटिक पार्टीका नेता तथा कार्यकर्तालाई फोनबाट समर्थन गर्न आग्रह गर्दै क्याम्पेन समेत अघि बढाएकी छन् ।

Tags: #चुनावी मैदानबाट बाइडेन ब्याक#बाइडेन पछि हटेपछि ट्रम्पले खिल्ली उडाए

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.