NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

ओलीको बोलीमा वर्षमानको लगाम, भयो नोकझोक

सोमवार साउन ७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
डेडिकेडेट र ट्रंक लाइन विवाद के हो ?कहिले के भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

७ साउन, काठमाण्डौ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सांसदहरूले सोधेको प्रश्नको उत्तर दिन संसदको रोस्टममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली सुरुवातमै रिसाएका छन् ।

पहिलो प्रश्न कांग्रेस सांसद धनराज गुरूङले सोधेको भएपनि उनले शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयमाथि असन्तुष्टि ब्यक्त गरे ।

सांसद गुरूङले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली सुरूवातमै कड्किएका थिए । दाहालले महशुल नतिरेपछि विद्युत प्राधिकरणले काटेको लाइन बिचौलियाहरूको प्रभावमा परेर प्रधानमन्त्रीले पुनः जोड्न निर्देशन दिएको बताएका थिए।

अदालत र सार्वजनिक लेखा समितिले दिएको निर्देशनको अवज्ञा गरेको र संसदमा सफेद झुट बोलेर प्रधानमन्त्रीले उद्योगीको महशुल मिनाहा गरिदिएको भनेपछि प्रधानमन्त्री ओली कड्किएका हुन्।

उनले सुरूमै भने, ’जथाभावी बोल्ने नगरौं। असभ्य तरिका नलिकाऔं। झुटका सहारा नलिऔं।’ प्रधानमन्त्री ओलीले विद्युत महशुल ट्रंकलाइन अथवा डेडिकेटेड लाइनसम्बन्धी तिर्नपर्ने भनिएका र तिर्न नपर्ने दाबी गरिरहेका उद्यमी व्यवसायीहरू र विद्युत प्रधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्ने तर सरकारले पाउनपर्ने रकम पाउनुपर्छ भनेको बताए।

’तथ्य प्रमाणका आधारमा जुन विद्युत उनीहरूले प्रयोग गरेका छन् त्यसको महशुल तिर्नुपर्छ। जुन उनीहरूले प्रयोग गरेका छैनन् त्यो उनीहरूले तिर्नुपर्दैन।आजको विषय होइन यो। ९÷१० वर्षदेखि यो विवाद छ। पटकपटक लाइन काटिन्छ ।

लाइन जोडिन्छ,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओली अझै रोकिएनन्। ’मलाई सेटिङ र विभिन्न तन्त्रहरूका पछाडि कुद्नु छैन। लप्पन छप्पन गर्नुछैन।देश र जनताको पक्षमा ६० वर्ष समर्पण गरेको छु। बाँकी जिन्दगी पनि समर्पण गर्छु,’ उनले भने।

उनले सांसदहरूलाई रेकर्ड सुनेर आउन पनि भने। ’गरिमामय संसदमा छौं। त्यस हैसियतमा बोल्नुपर्छ। कैले सुन होइन पित्तल चढाएको भनेका छन्। कहिले अनेक प्रकारका फोटाहरू छपाएको छ अनेक गरेको छ।

यो खालको तरिका माननीयको हैसियतले शोभनीय हुँदैन। भ्रष्टाचारका विषयमा बोलौं। भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने काम नगरौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफू खेलबाड गर्न र गालमुखाल गर्न यहाँ आएको नभइ देश र जनताप्रति जिम्मेवारी बोध गरे आएका बताए। प्रधानमन्त्री ओलीले सरकार आवेश, उत्तेजना, आग्रह, पूर्वाग्रहमा नभएको बताए।

अहिलेको सरकारले प्रतिशोधको राजनीतिलाई उचित नठान्ने तर झूठा लाञ्छना लगाउने कुराप्रति जवाफदेही हुने बताए। प्रधानमन्त्री ओली नरोकिएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति समेत जनाएका थिए।

उनले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले के विषयमा बोलिरहेको हो भन्ने प्रष्ट पार्न माग गर्दै प्रधानमन्त्रीलाई विषय केन्द्रीत गराउन सभामुखबाट रूलिङ हुनुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।’ त्यसपछि सभाुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषयमा प्रवेश गर्न निर्देशन दिएका थिए।

आइतबारको बैठकमा पनि प्रधानमन्त्रीले जंगबहादुरको शैलीमा लाइन जोड्न हुकुमी शैलीमा आदेश दिएको भन्दै माओवादी सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए ।

ओलीले हिजो पनि आफूले दिएको निर्देशन र महसुल विवादबारे जवाफ दिएका थिए । शुक्रबार नै प्रधानमन्त्रीले काटिएका ६ उद्योगको बिजुली जोड्न निर्देशन दिएपनि अझै ती उद्योगको बिजुली जोडिएको छैन् ।

नेपाल विद्युत प्राधिकरण बिजुली जोड्न लिखित निर्देशनको प्रतिक्षामा रहेको छ ।

Tags: #ओलीको बोलीमा वर्षमानको लगाम

लोकप्रीय

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

विचार

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

थप समाचार

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष
ताजा समाचार

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला
ताजा समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.