×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

ओलीको बोलीमा वर्षमानको लगाम, भयो नोकझोक

७ श्रावण २०८१

७ साउन, काठमाण्डौ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सांसदहरूले सोधेको प्रश्नको उत्तर दिन संसदको रोस्टममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली सुरुवातमै रिसाएका छन् ।

Advertisement

पहिलो प्रश्न कांग्रेस सांसद धनराज गुरूङले सोधेको भएपनि उनले शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयमाथि असन्तुष्टि ब्यक्त गरे ।

सांसद गुरूङले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली सुरूवातमै कड्किएका थिए । दाहालले महशुल नतिरेपछि विद्युत प्राधिकरणले काटेको लाइन बिचौलियाहरूको प्रभावमा परेर प्रधानमन्त्रीले पुनः जोड्न निर्देशन दिएको बताएका थिए।

अदालत र सार्वजनिक लेखा समितिले दिएको निर्देशनको अवज्ञा गरेको र संसदमा सफेद झुट बोलेर प्रधानमन्त्रीले उद्योगीको महशुल मिनाहा गरिदिएको भनेपछि प्रधानमन्त्री ओली कड्किएका हुन्।

उनले सुरूमै भने, ’जथाभावी बोल्ने नगरौं। असभ्य तरिका नलिकाऔं। झुटका सहारा नलिऔं।’ प्रधानमन्त्री ओलीले विद्युत महशुल ट्रंकलाइन अथवा डेडिकेटेड लाइनसम्बन्धी तिर्नपर्ने भनिएका र तिर्न नपर्ने दाबी गरिरहेका उद्यमी व्यवसायीहरू र विद्युत प्रधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्ने तर सरकारले पाउनपर्ने रकम पाउनुपर्छ भनेको बताए।

’तथ्य प्रमाणका आधारमा जुन विद्युत उनीहरूले प्रयोग गरेका छन् त्यसको महशुल तिर्नुपर्छ। जुन उनीहरूले प्रयोग गरेका छैनन् त्यो उनीहरूले तिर्नुपर्दैन।आजको विषय होइन यो। ९÷१० वर्षदेखि यो विवाद छ। पटकपटक लाइन काटिन्छ ।

लाइन जोडिन्छ,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओली अझै रोकिएनन्। ’मलाई सेटिङ र विभिन्न तन्त्रहरूका पछाडि कुद्नु छैन। लप्पन छप्पन गर्नुछैन।देश र जनताको पक्षमा ६० वर्ष समर्पण गरेको छु। बाँकी जिन्दगी पनि समर्पण गर्छु,’ उनले भने।

उनले सांसदहरूलाई रेकर्ड सुनेर आउन पनि भने। ’गरिमामय संसदमा छौं। त्यस हैसियतमा बोल्नुपर्छ। कैले सुन होइन पित्तल चढाएको भनेका छन्। कहिले अनेक प्रकारका फोटाहरू छपाएको छ अनेक गरेको छ।

यो खालको तरिका माननीयको हैसियतले शोभनीय हुँदैन। भ्रष्टाचारका विषयमा बोलौं। भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने काम नगरौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफू खेलबाड गर्न र गालमुखाल गर्न यहाँ आएको नभइ देश र जनताप्रति जिम्मेवारी बोध गरे आएका बताए। प्रधानमन्त्री ओलीले सरकार आवेश, उत्तेजना, आग्रह, पूर्वाग्रहमा नभएको बताए।

अहिलेको सरकारले प्रतिशोधको राजनीतिलाई उचित नठान्ने तर झूठा लाञ्छना लगाउने कुराप्रति जवाफदेही हुने बताए। प्रधानमन्त्री ओली नरोकिएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति समेत जनाएका थिए।

उनले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले के विषयमा बोलिरहेको हो भन्ने प्रष्ट पार्न माग गर्दै प्रधानमन्त्रीलाई विषय केन्द्रीत गराउन सभामुखबाट रूलिङ हुनुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।’ त्यसपछि सभाुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषयमा प्रवेश गर्न निर्देशन दिएका थिए।

आइतबारको बैठकमा पनि प्रधानमन्त्रीले जंगबहादुरको शैलीमा लाइन जोड्न हुकुमी शैलीमा आदेश दिएको भन्दै माओवादी सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए ।

ओलीले हिजो पनि आफूले दिएको निर्देशन र महसुल विवादबारे जवाफ दिएका थिए । शुक्रबार नै प्रधानमन्त्रीले काटिएका ६ उद्योगको बिजुली जोड्न निर्देशन दिएपनि अझै ती उद्योगको बिजुली जोडिएको छैन् ।

नेपाल विद्युत प्राधिकरण बिजुली जोड्न लिखित निर्देशनको प्रतिक्षामा रहेको छ ।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top