×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि ?

८ श्रावण २०८१

८ साउन , काठमाण्डौ।

देशको चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीका लागि सुशासन र समृद्धि कहिल्यै नछुट्ने नारा हुन् । यसैले उनले झिनामसिना समस्यामा नहल्झि कनै नेपाली जनतालाई समृद्धिको यात्रामा लैजाने योजनामा आफू लागिसकेको बताउने गरेका छन् ।

Advertisement
Advertisement

तर ओलीले जनतालाई देखाएको समृद्धिको सपना कसरी पूरा गर्छन् भन्ने आधारहरु भने देखिएका छैन् । यसैले नेपाली जनताका लागि समृद्धिको यात्रा केबल सपना मात्रै हुने त होइन भन्ने डर छ ।

समृद्धिका लागि स्थायित्व, सुशासन, सामाजिक न्याय र विकास प्रमुख आधार मान्न सकिन्छ । समृद्धि भनेको विकास र बजेटसँग मात्रै नजोडिएला तर विकास अनि बजेट विना समृद्धि असम्भव देखिन्छ ।

२०७८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । हरेक नेपाली नागरिकले विदेशी ऋणको भारी बोक्नुपरेको छ । हाल एक नेपालीको टाउकोमा झण्डै ८४ हजार विदेशी ऋण पुगेको छ ।

सरकारले विभिन्न क्षेत्रको भुक्तानी चुक्ता गर्न सकिरहेको छैन । निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भनिरहेका छन् । दूध किसानले सात अर्ब बराबर रकम पाएका छैनन् ।

कोरोनाको क्रममा गरेको बीमाबापत सरकारले अस्पतालहरूलाई अर्बौँ रुपैयाँ तिर्नुपर्ने छ । अर्काे तर्फ सरकार ऋणैऋणको आहालमा डुबेको छ । एक वर्षमा मात्रै एक खर्ब ३५ अर्ब सार्वजनिक ऋण थपिएको छ ।

यो सरकारको मात्रै ऋण होइन यसको व्यवभार देशका प्रत्येक जनताको भागमा पर्दछ । अनि ऋणमाथि ऋण बोकेर देशका कसरी आउँछ समृद्धि ? कसरी सुरु हुन्छ समृद्धिको यात्रा ? सरकारले गत आर्थिक वर्ष ०८०÷८१ मा आन्तरिक तथा बाहृय ऋणका लागि मात्रै दुई खर्ब ६४ अर्ब सावा तथा ब्याज भुक्तानी गरेको छ ।

यो रकम विकासका लागि खर्चेको भन्दा ७३ अर्ब बढी हो । जुन चालु आर्थिक वर्षमा सरकारले विकासमा भन्दा सावा तथा ब्याज तिर्न १५ अर्ब बढी रकम छुट्याएकाले पनि पुष्टि गर्छ ।

आर्थिक वर्ष ०७९÷८० मा २२ खर्ब ९९ अर्ब रहेको सार्वजनिक ऋण ०८०÷८१ मा २४ खर्ब ३३ अर्ब पुगेको छ । यसको अर्थ एक वर्षमा १ खर्ब ३५ अर्ब सार्वजनिक ऋण बढेको छ ।

सरकारले तीन सय ६५ वटा कार्यक्रमका लागि ऋण लिँदै आएकामा यो वर्ष ६ वटा नयाँ कार्यक्रम थपेको छ । १२ वर्षअघि सुरु भएको काठमाडौं उपत्यका खानेपानी वितरण सुधार आयोजनामा सरकारले यस वर्ष पनि एसियाली विकास बैंकबाट ११ करोड ६५ लाख ऋण लिएको छ ।

वैदेशिक ऋण बढ्दै जाँदा खुम्चिँदै गएको स्थिर पुँजी निर्माणले प्रशासनिक खर्चमा ऋण प्रयोग बढेको देखाउँछ । ऋण लिएर गरिएको लगानीले उत्पादन र रोजगारी बढाइ आयात प्रतिस्थापन गर्न सक्नुपर्नेमा उल्टो बाटो लिएको देखिन्छ ।

आवश्यकता र औचित्य साबित हुने क्षेत्रमा ऋण लगानी नगर्ने हो भने समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा देशको कुल आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

जुन आर्थिक वर्ष २०८०÷८१ मा १.१६ प्रतिशतले घटेको छ । त्यस्तै एक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गरेको छ । त्यसअघि आर्थिक वर्ष २०७९÷८० मा देशको निर्यात १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

जुन आर्थिक वर्ष २०८०÷८१ मा ३.०३ प्रतिशतले घटेको छ । आयात घटेसँगै नेपालको व्यापार घाटा पनि खुम्चिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा व्यापार घाटा खुम्चिएको हो ।

निर्यातको तुलनामा ठूलो मात्रामा आयात खुम्चिँदा यसको प्रत्यक्ष फाइदा व्यापार घाटामा देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा ०.९६ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ ।

भन्सार राजश्व सङ्कलनको प्रवृत्तिले समेत नेपालको वैदेशिक व्यापार ४ आर्थिक वर्ष अघिको स्थितिमा पुगेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा भन्सार राजश्व ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

Advertisement

गत आर्थिक वर्ष २०८०÷८१ मा समेत ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top