NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि ?

मङ्लबार साउन ८ , २०८१
Reading Time: 1 min read
A A
ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ साउन , काठमाण्डौ।

देशको चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीका लागि सुशासन र समृद्धि कहिल्यै नछुट्ने नारा हुन् । यसैले उनले झिनामसिना समस्यामा नहल्झि कनै नेपाली जनतालाई समृद्धिको यात्रामा लैजाने योजनामा आफू लागिसकेको बताउने गरेका छन् ।

तर ओलीले जनतालाई देखाएको समृद्धिको सपना कसरी पूरा गर्छन् भन्ने आधारहरु भने देखिएका छैन् । यसैले नेपाली जनताका लागि समृद्धिको यात्रा केबल सपना मात्रै हुने त होइन भन्ने डर छ ।

LS Auto

समृद्धिका लागि स्थायित्व, सुशासन, सामाजिक न्याय र विकास प्रमुख आधार मान्न सकिन्छ । समृद्धि भनेको विकास र बजेटसँग मात्रै नजोडिएला तर विकास अनि बजेट विना समृद्धि असम्भव देखिन्छ ।

२०७८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । हरेक नेपाली नागरिकले विदेशी ऋणको भारी बोक्नुपरेको छ । हाल एक नेपालीको टाउकोमा झण्डै ८४ हजार विदेशी ऋण पुगेको छ ।

सरकारले विभिन्न क्षेत्रको भुक्तानी चुक्ता गर्न सकिरहेको छैन । निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भनिरहेका छन् । दूध किसानले सात अर्ब बराबर रकम पाएका छैनन् ।

कोरोनाको क्रममा गरेको बीमाबापत सरकारले अस्पतालहरूलाई अर्बौँ रुपैयाँ तिर्नुपर्ने छ । अर्काे तर्फ सरकार ऋणैऋणको आहालमा डुबेको छ । एक वर्षमा मात्रै एक खर्ब ३५ अर्ब सार्वजनिक ऋण थपिएको छ ।

यो सरकारको मात्रै ऋण होइन यसको व्यवभार देशका प्रत्येक जनताको भागमा पर्दछ । अनि ऋणमाथि ऋण बोकेर देशका कसरी आउँछ समृद्धि ? कसरी सुरु हुन्छ समृद्धिको यात्रा ? सरकारले गत आर्थिक वर्ष ०८०÷८१ मा आन्तरिक तथा बाहृय ऋणका लागि मात्रै दुई खर्ब ६४ अर्ब सावा तथा ब्याज भुक्तानी गरेको छ ।

यो रकम विकासका लागि खर्चेको भन्दा ७३ अर्ब बढी हो । जुन चालु आर्थिक वर्षमा सरकारले विकासमा भन्दा सावा तथा ब्याज तिर्न १५ अर्ब बढी रकम छुट्याएकाले पनि पुष्टि गर्छ ।

आर्थिक वर्ष ०७९÷८० मा २२ खर्ब ९९ अर्ब रहेको सार्वजनिक ऋण ०८०÷८१ मा २४ खर्ब ३३ अर्ब पुगेको छ । यसको अर्थ एक वर्षमा १ खर्ब ३५ अर्ब सार्वजनिक ऋण बढेको छ ।

सरकारले तीन सय ६५ वटा कार्यक्रमका लागि ऋण लिँदै आएकामा यो वर्ष ६ वटा नयाँ कार्यक्रम थपेको छ । १२ वर्षअघि सुरु भएको काठमाडौं उपत्यका खानेपानी वितरण सुधार आयोजनामा सरकारले यस वर्ष पनि एसियाली विकास बैंकबाट ११ करोड ६५ लाख ऋण लिएको छ ।

वैदेशिक ऋण बढ्दै जाँदा खुम्चिँदै गएको स्थिर पुँजी निर्माणले प्रशासनिक खर्चमा ऋण प्रयोग बढेको देखाउँछ । ऋण लिएर गरिएको लगानीले उत्पादन र रोजगारी बढाइ आयात प्रतिस्थापन गर्न सक्नुपर्नेमा उल्टो बाटो लिएको देखिन्छ ।

आवश्यकता र औचित्य साबित हुने क्षेत्रमा ऋण लगानी नगर्ने हो भने समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा देशको कुल आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

जुन आर्थिक वर्ष २०८०÷८१ मा १.१६ प्रतिशतले घटेको छ । त्यस्तै एक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गरेको छ । त्यसअघि आर्थिक वर्ष २०७९÷८० मा देशको निर्यात १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

जुन आर्थिक वर्ष २०८०÷८१ मा ३.०३ प्रतिशतले घटेको छ । आयात घटेसँगै नेपालको व्यापार घाटा पनि खुम्चिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा व्यापार घाटा खुम्चिएको हो ।

निर्यातको तुलनामा ठूलो मात्रामा आयात खुम्चिँदा यसको प्रत्यक्ष फाइदा व्यापार घाटामा देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा ०.९६ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ ।

भन्सार राजश्व सङ्कलनको प्रवृत्तिले समेत नेपालको वैदेशिक व्यापार ४ आर्थिक वर्ष अघिको स्थितिमा पुगेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा भन्सार राजश्व ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा समेत ४ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन भएको छ ।

Tags: #ऋणको भारी#ऋणको भारी बोकेर ओलीले कसरी ल्याउँछन् समृद्धि?#ऋणको भारी बोकेर समृद्धि ?

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.