×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतको सबैभन्दा प्यारो भुटान, त्यसपछि नेपाल

८ श्रावण २०८१

८ साउन , एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् ।

Advertisement
Advertisement

भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ नै राखिएको छ ।

वित्त वर्ष २०२३÷२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२÷२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।

भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४÷२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

विवादको बावजुद, माल्दिभ्सलाई अनुदान पनि बढेको छ। भारत र माल्दिभ्सबीच विवाद चलिरहेको छ । भारतले माल्दिभ्सलाई आर्थिक वर्ष २०२४–२५ को लागि ६ अर्ब भारु अनुदान दिनेछ। यो गत वर्षभन्दा बढी हो ।

आर्थिक वर्ष २०२३÷२४ मा ४ अर्ब विनियोजन गरिएको थियो । भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ ।

जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि रहेका छन् ।

बजेटमा मोदी सरकारले बजेटका ९ प्राथमिकतामा किसान, रोजगारी र मध्यमवर्गलाई केन्द्रमा राखेको छ । यसका लागि मोदी सरकारले धेरै नयाँ योजना पनि घोषणा गरेको छ । बजेटमा भारत सरकारले रोजगारी र सीप विकासका धेरै योजना ल्याएको छ ।

मोदीको गठबन्धन सरकारले आफ्नो पहिलो बजेटमा बिहारलाई प्राथमितामा राखेको छ । विहारमा दुई नयाँ एक्सप्रेसवेहरूको निर्माणका लागि २६ हजार करोड रुपैयाँ विनियोजन गरिएको छ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top