×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

मोदी सरकारले जागिर खोज्नेलाई १५ हजार दिने

८ श्रावण २०८१

८ साउन, एजेन्सी ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा पूर्ण बजेट प्रस्तुत गरेकी छन् । उनले यो लगातार सातौँपटक भारतको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट गरिब, महिला, युवा र किसानमा केन्द्रित छ। यो २०२४– ०२५ को पूर्ण बजेट हो । जसमा अर्थमन्त्रीले ’विकसित भारत’ को खाका प्रस्तुत गरेकी छन्। सरकारले बजेटका ९ प्राथमिकतामा किसान, रोजगारी र मध्यमवर्गलाई केन्द्रमा राखेको छ । यसका लागि मोदी सरकारले धेरै नयाँ योजना पनि घोषणा गरेको छ । बजेटमा भारत सरकारले रोजगारी र सीप विकासका धेरै योजना ल्याएको छ । जसमा
श्रमजीवी महिलाका लागि छात्रावास र क्रेचको स्थापना

Advertisement
Advertisement

प्राकृतिक खेतीका लागि १ करोड किसानलाई सहयोग गर्ने ।

१० हजार बायो इनपुट सेन्टर स्थापना गर्ने ।

जनसमर्थ आधारित किसान क्रेडिट कार्ड ५ राज्यमा वितरण गरिने ।

लबस्टर उत्पादन बढाउन केन्द्रीकृत प्रजनन केन्द्रहरू निर्माण गरिने ।

ग्रामीण विकासका लागि २.६६ लाख करोड रुपैयाँको विनियोजन ।

पहिलो पटक जागिर खोज्नेलाई सरकारले एक महिनाको तलब ३ किस्तामा दिनेछ । यसको सीमा १५ हजार रहेको छ।

नयाँ कर्मचारी भर्ना गर्दा आगामी २ वर्षसम्म रोजगारदाताहरूलाई प्रति महिना ३ हजार सहयोग दिइने । यसबाट ३० लाख युवा लाभान्वित हुनेछन् ।

प्रधानमन्त्री इन्टर्नशिप योजना अन्तर्गत मासिक ५ हजार रुपैयाँ भत्ता दिइने ।

अमृतसर कोलकाता औद्योगिक कोरिडोरमा गयामा औद्योगिक केन्द्रको विकास।

पटना–पूर्णिया एक्सप्रेसवे, बक्सर–भागलपुर एक्सप्रेसवे, बोधगया, राजगीर, वैशाली र दरभंगामा सडक र बक्सरमा गंगामा २६ हजार करोड रुपैयाँको नयाँ पुलको कामलाई गति दिने ।

आन्ध्र प्रदेशलाई १५ हजार करोड रुपैयाँ थप सहायता दिने ।

भारत पोस्ट पेमेन्ट्स बैंकका १०० भन्दा बढी शाखाहरू उत्तर–पूर्वी राज्यहरूमा स्थापना गरिनेछ।

मुद्रा योजना अन्तर्गत, ऋण सीमा १० लाख रुपैयाँबाट२० लाख रुपैयाँमा बढाइएको ।

उत्पादन क्षेत्रमा ऋण ग्यारेन्टी योजना । सय करोड रुपैयाँसम्मको ऋणको लागि कुनै ग्यारेन्टी आवश्यक नपर्ने ।

पीएम आवास योजना–शहरी २.० अन्तर्गत १० लाख करोड रुपैयाँको लगानीमा एक करोड परिवारलाई घरहरू उपलब्ध गराइने ।

सहरी घरका लागि सुलभ दरमा ऋण उपलब्ध गराउन ब्याज अनुदान दिने

पुँजीगत खर्चका लागि ११.११ लाख करोड रुपैयाँको व्यवस्था

युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ।

कृषिमा ३२ वटा उच्च उपज र जलवायुमैत्री प्रजातिहरू ल्याइनेछ।

बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ।

१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ।

आत्मनिर्भरताका लागि सरकारले दाल र तिलहन मिसनमा ध्यान दिनेछ।

तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।

अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषणमा रोजगारीका विषयमा ठूलो घोषणा गरेकी छन् । सरकारले रोजगारी दिने संस्थालाई सरकारी सहयोग उपलब्ध गराउने जनाएको छ । यति मात्र होइन, सरकारले कुनै कम्पनीले युवालाई रोजगारी दिएमा पहिलो तलब सरकारले दिने घोषणा गरेको छ । सरकारको यो कदमले लाखौं नयाँ रोजगारी सृजना हुनेछ ।

यस्तै बजेटमा मध्यमवर्गलाई ठूलो उपहार दिँदै आयकर प्रणालीमा ठूलो परिवर्तन गरिएको छन् । सरकारले नयाँ कर प्रणालीमा मानक कटौतीको सीमा ५० हजार रुपैयाँबाट बढाएर ७५ हजार रुपैयाँ पु¥याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको गठबन्धन सरकारले सरकारले आफ्नो पहिलो बजेटमा बिहारलाई धेरै ठूला उपहार दिएको छ ।

Advertisement

यी मध्ये सबैभन्दा महत्त्वपूर्ण राज्यमा दुई नयाँ एक्सप्रेसवेहरू हुन्। पटना–पूर्णिया ३०० किमी र गया–बक्सर–भागलपुर ३ सय ८६ किमी दुवै द्रुतमार्गको काम चालू आर्थिक वर्षमा १००–१०० किमीको प्याचमा सुरु हुनेछ । यस परियोजनामा करिब २६ हजार करोड रुपैयाँ खर्च हुनेछ । बजेट भाषणमा घोषणासँगै नेपालसँग जोडिएको विहार प्रदेशमा पहिलो पटक द्रुतमार्ग निर्माणको बाटो खुलेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top