×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ओलम्पिक विजेतालाई अमेरिकाले दिन्छ हजारौं डलर, नेपालले कति ?

१० श्रावण २०८१

१० साउन,एजेन्सी ।

ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो ।

Advertisement
Advertisement

तेस्रोपटक आयोजक सहर बनेको पेरिसमा १० हजार सात सय १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ३२ खेलमा तीन सय २९ इभेन्ट्समा सहभागी खेलाडीले चुनौती प्रस्तुत गर्नेछन ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका खेलाडीले पेरिसमा पदक जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन । इतिहासमा ओलम्पिकमा स्वर्ण, रजत र कांस्य विजेताले सम्बन्धित राष्ट्रबाट निश्चित रकम पाउने गरेका थिए ।

यसपटक पनि पदक विजेता प्रतिनिधित्व गरेको राष्ट्रबाट पुरस्कृत हुनेछन । अमेरिकाले पदक विजेता खेलाडीलाई हजारौँ अमेरिकन डलर दिने घोषणा गरेको छ ।

दुई सय ६ राष्ट्रमध्ये अमेरिका मात्र स्वर्ण, रजत तथा कांस्य विजेता खेलाडीलाई धेरै रकम दिनेमा पर्छ । अमेरिकी ओलम्पिक तथा पारा ओलम्पिक कमिटीले पेरिसमा स्वर्ण विजेतालाई ३७ हजार पाँच सय अमेरिकन डलर दिने घोषणा गरेका छन ।

पेरिसमा अमेरिकी खेलाडीले रजत जित्दा २२ हजार पाँच सय अमेरिकी तथा कांस्यले १५ हजार अमेरिकी डलर पाउनेछन । अमेरिकाले ओलम्पिकमा लगातार दुई दशक पदक तालिकामा एकाधिकार जमाएको छ ।

यो दुई दशकमा अमेरिका एकपटक मात्र शीर्ष स्थानमा पुग्न सकेन । अमेरिकाका विभिन्न खेलकुद संघले खेलाडीको प्रदर्शन राम्रो बनाउन प्याकेजकै व्यवस्था गरेको छ ।

क्यालिफोर्निया, कोलोराडो र न्युयोर्कको खेल संस्थाले आफ्ना खेलाडीलाई स्वास्थ्यदेखि अन्य सुविधा प्रदान गरेका छन । ती संस्थाले ओलम्पिक चलिरहँदासम्म खेलाडीको हेरचाह, थेरापी, मानसिक उपचारजस्ता सेवा दिनेछन ।

खेलका क्रममा दुर्घटना बिमा गरिएको छ । सामान्य चोट लाग्दा पनि खेलाडीले बिमाबाट राम्रो रकम पाउँछन । ओलम्पिकमा छनोट भएको वेलादेखि नै अमेरिकन खेलाडीले राज्यबाट पनि विभिन्न सुविधा प्राप्त गर्छन ।

यस्तै एसियाली राष्ट्र मलेसियाले स्वर्ण विजेतालाई दुई लाख ३६ हजार अमेरिकी डलर दिने घोषणा गरेको फोब्सले जनाएको छ ।

यसैगरी, सिएनबिसीको रिपोर्टअनुसार काजखस्तानले स्वर्ण विजेतालाई दुई लाख ५० हजार अमेरिकी डलर दिनेछ ।

सिंगापुरका खेलाडीले स्वर्ण पदक जित्दा सात लाख ३७ हजार अमेरिकी डलर पाउनेछन । यसैगरी, विश्व एथलेटिक्स महासंघले ट्र्याक एन्ड फिल्डमा स्वर्ण विजेतालाई थप ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।

नेपाली खेलाडीले पनि ओलम्पिक पदक जित्दा सरकारबाट पदक पाउन सक्छन । सन् १९६४ देखि सहभागी नेपालले अहिलेसम्म ओलम्पिकमा पदक जित्न सकेको छैन ।

तर, सरकारले ओलम्पिकमा पदक जित्दा रकमको घोषणा गरेको छ । ओलम्पिक खेलकुदअन्तर्गत ग्रीष्मकालीन, शीतकालीन र पारा ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले एकलतर्फ एक करोड ३० लाख रुपैयाँ पाउनेछन ।

सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन । यसैगरी ओलम्पिकमा रजत जितेमा एकलतर्फ ९७ लाख र सामूहिक खेलतर्फ जनही ४५ लाख रुपैयाँ पाउनेछन ।

एकलमा कांस्य हात पार्दा ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन । यो सबै २०७९ को कार्यविधिअनुसार व्यवस्था गरिएको हो ।

यसअघि २०७२ कोे कार्यविधिअनुसार ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ एक करोड र सामूहिकतर्फ ४० लाख रुपैयाँ घोषणा भएको थियो ।

Advertisement

रजत विजेता खेलाडीले एकलतर्फ ७५ लाख र सामूहिकतर्फ ३५ लाख रुपैयाँ घोषणा भएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top