NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

अब्बल डीआईजी सरकारकै टाउको दुखाई, तहल्का मच्चियो

आइतवार साउन १३ , २०८१
Reading Time: 1 min read
A A
शरणार्थीको फाइल खोल्ने डीआईजी मनोजको सरुवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ साउन, काठमाण्डौ।
नेपाल प्रहरी केही अपवाद बाहेकका घटनामा अब्बल अनुशन्धान गर्ने संस्थाभित्र पर्दछ । तर विडम्बना छ त्यस्ता धेरै अधिकृतहरू छन् जसले कम्तिमा एक वर्ष एकै ठाउँमा बसेर काम गर्ने अवसर समेत पाउदैनन् ।

प्रहरीमा संगठनको हित र जनताको सेवा गर्ने प्रायः अधिकृतहरू राजनीतिक स्वार्थका शिकार हुने गरेका छन । यो विगतदेखिकै अभ्यास अझै चलिरहेको दृष्टान्ट पछिल्लो एक सरुवाले देखाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको छ ।

Advertisement

गृहले डीआईजी डा. मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ ।विशेष ब्युरोकै समन्वयमा झा र थापा गत १४ असारमा पक्राउ परेका थिए ।

उनीहरूमाथि उच्च राजनीतिक नेतृत्वलाई तान्ने प्रयास गरिएको र त्यस क्रममा प्रहरी नेतृत्वलाई समेत ‘बाइपास’ गरेको आरोप डिआइजी केसीलाई लागेको छ । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो ।

तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ । ब्युरोमा डीआईजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ । एनको सरुवाको विषय संसदमा समेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ ।

सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरेका छन् । ‘‘डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उद्धेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरेका छन् । यो विषय राप्रपाका धवलशमशेर जबराले पनि उठाएका छन् ।

१ नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रकरण

हाई प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान केसीकै नेतृत्वमा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले यस प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए ।

जस क्रममा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत हाई प्रोफाइल पक्राउ परेका थिए । त्यतिवेला गृह मन्त्रालयकै मिलेमतोमा सो ठगीधन्दा भएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्न खोज्ने गिरोहमाथि अनुसन्धानको फाइल खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउन नेतृत्व गरेका प्रहरी डा केसीले थप अनुसन्धान गर्न पाएनन् ।

१८ जना पीडितको थप जाहेरी लिएर अनुसन्धान प्रक्रियाको जालो पूर्ण रूपमा ध्वस्त पार्न लागेका केसीको यसअघि पनि सरकारले प्रहरी प्रधान कार्यालयमा सरूवा गरिदिएको थियो । उक्त प्रकरणमा पक्राउ परेका १६ जना मध्ये १० जना केसीकै नेतृत्वमा पक्राउ परेका थिए ।

तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरक मुद्दाका लागि अनुसन्धान सुरू भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरूवा भएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख जम्मा सात महिनामात्रै काम गरेका उनले नेपाल प्रहरीका सफल अनुसन्धानहरू भित्र पर्ने अनुशन्धानहरुको नेतृत्व गरेका छन् । डा केसीले सात महिनामा गरेका सफल अनुशन्धानमा भुटानी शरणार्थी पछि रहेको छ ।

२. ब्राण्डेट नक्कली रक्सी बनाउने र बेच्नेविरुद्धको अनुशन्धान
२०७९ माघ १३ गते स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरी बेच्ने गिरोह माथि कारबाही गरिएको थियो । ललितपुर कुपण्डोल स्थित एक स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम बरामद गरिएको थियो ।

यस्तै टिकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा, केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका रक्सीहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको स्टिकर बरामद गरिएको थियो

३. हुन्डी कारोबारी पक्राउ

नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशन विपरीत बित्तीय कारोवार गर्दै आएका आशिष गजुरेल, दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरी समेतका व्यक्तिहरु माथि निगरानी राखी २०७९ माघ २० गते काठमाण्डौको न्युरोड र बवरमहलबाट दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरीलाई पक्राउ गरी उनीहरुको साथबाट नगद ७८ लाख ५० हजार रूपैयाँ र मोबाईल थान ३ लगायतका समानहरु बरामद ।

४. बसपार्कको लुटपाटमा मुख्य अभियुक्तहरू पक्राउ

२०७९ फागुन १ गते काठमाण्डौमा यातायात व्यवसायीहरूको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको घटना पछि लुटपाटमा संलग्नहरुलाई २ दिनपछि पक्राउ ।

५. तिब्बतीहरूलाई नागरिकता बनाउने पक्राउ

गैह्रनेपाली तिब्बतियन व्यक्तिहरूको नेपाली नागरिकता बनाई दिने कार्यमा संलग्न रहेका कृष्ण बहादुर कटुवाललाई २०७९चैत ०५ गते अनामनगरबाट पक्राउ । त्यत्स्तै न्युल्केश श्रेष्ठलाई काठमाण्डौको बबरमहलबाट चैत ६ गते पक्राउ ।

६. ठगीमा संलग्न चिनियाँहरू पक्राउ
वाट्सएपबाट म्यासेज गरी सामानको अर्डर गर्न भन्दै झुक्याएर ४८ लाख २६ हजार ५२ रूपैयाँ ठगी गर्ने ११ नेपाली नागरिकहरूसहित चिनियाँ नागरिक पक्राउ

७. नेपाली नागरिकता बनाउने भारतीय पक्राउ
नागरिकता बनाउने टोलीबाट नागरिकताको प्रमाणपत्र लिई विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेका भारतीय १० जनालाई २०८० वैशाख २३ गते काठमाडौँको विभिन्न स्थानहरुबाट पक्राउ

८. सट्टाबाजी र क्रिप्टो करेन्सीमा कलाकारहरू पक्राउ
विभिन्न ब्यक्तिहरूको नामबाट सट्टावाजी खेल खेलाउने कार्यमा संलग्न रहेका दिनेश खड्का र अनिता धिताललाई २०८० जेठ ३० गते पक्राउ। जेठ ३१ गते सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने आरोपमा नेपाली कलाकारहरु पक्राउ ।

९. बीमामा ठगी गर्नेहरू पक्राउ
वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूले बीमा बापतको रकम दिन्छु भनी ठगी गर्ने बैदेशिक रोजागार बोर्डमा कार्यरत नायब सुब्बा पशुपति अधिकारी र सुर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीसहित सात जना पक्राउ ।

१०. लुटेराहरू पक्राउ
काठमाण्डौमा बिहानको समयमा पैदल हिड्ने महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी चोरी गरी लैजाने गरेका वाबे भन्ने रविन दमाई, रवि बिश्वकर्मा, उमेश क्षेत्री र राहुल माझीलाई पक्राउ।

११. सुन तस्करमा संलग्न पक्राउ
२०८० असार २४ गते बिहान कतारबाट काठमाण्डौ आउदै गरेका नरेश पन्जियार, दिनेश कुमार यादव, भुम बहादुर ओली, सुनिल कुमार महरा, सन्त गुलाम मुराव समेतका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा ल्याएको सुनसहित विमानस्थलको पार्किङमा स्थलबाट २९१.५७ ग्राम सुनसहित पक्राउ । सो सुन लिन विमानस्थल पुगेकाहरुपनि २५१.१७ ग्राम सुनसहित पक्राउ ।

१२ बंगलादेशीलाई अपहरण गरी फिरौती माग्ने पक्राउ
बंगलादेशी नागरिक समेत ८ जनालाई बैदेशिक रोजगारीको लागि नेपाल हुदै विभिन्न देशहरुमा पठाई दिन्छु भनि बिभिन्न होटलमा बन्धक बनाइ पीडितहरूको परिवारसँग फिरौती रकम लिएको घटनामा संलग्न रहेका नेपाली तथा बंगलादेशी नागरिकहरु पक्राउ । पीडित २ जना महिला सहित ८ जना बंगलादेशी नागरिकहरुको उद्धार

Tags: #अब्बल डीआईजी सरकारकै टाउको दुखाई#डीआईजी डा.मनोज केसी

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.