×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

अब्बल डीआईजी सरकारकै टाउको दुखाई, तहल्का मच्चियो

१३ श्रावण २०८१

१३ साउन, काठमाण्डौ।
नेपाल प्रहरी केही अपवाद बाहेकका घटनामा अब्बल अनुशन्धान गर्ने संस्थाभित्र पर्दछ । तर विडम्बना छ त्यस्ता धेरै अधिकृतहरू छन् जसले कम्तिमा एक वर्ष एकै ठाउँमा बसेर काम गर्ने अवसर समेत पाउदैनन् ।

प्रहरीमा संगठनको हित र जनताको सेवा गर्ने प्रायः अधिकृतहरू राजनीतिक स्वार्थका शिकार हुने गरेका छन । यो विगतदेखिकै अभ्यास अझै चलिरहेको दृष्टान्ट पछिल्लो एक सरुवाले देखाएको छ ।

Advertisement
Advertisement

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको छ ।

गृहले डीआईजी डा. मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ ।विशेष ब्युरोकै समन्वयमा झा र थापा गत १४ असारमा पक्राउ परेका थिए ।

उनीहरूमाथि उच्च राजनीतिक नेतृत्वलाई तान्ने प्रयास गरिएको र त्यस क्रममा प्रहरी नेतृत्वलाई समेत ‘बाइपास’ गरेको आरोप डिआइजी केसीलाई लागेको छ । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो ।

तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ । ब्युरोमा डीआईजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ । एनको सरुवाको विषय संसदमा समेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ ।

सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरेका छन् । ‘‘डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उद्धेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरेका छन् । यो विषय राप्रपाका धवलशमशेर जबराले पनि उठाएका छन् ।

१ नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रकरण

हाई प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान केसीकै नेतृत्वमा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले यस प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए ।

जस क्रममा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत हाई प्रोफाइल पक्राउ परेका थिए । त्यतिवेला गृह मन्त्रालयकै मिलेमतोमा सो ठगीधन्दा भएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्न खोज्ने गिरोहमाथि अनुसन्धानको फाइल खोलेर दोषीलाई कारबाहीको दायरामा ल्याउन नेतृत्व गरेका प्रहरी डा केसीले थप अनुसन्धान गर्न पाएनन् ।

१८ जना पीडितको थप जाहेरी लिएर अनुसन्धान प्रक्रियाको जालो पूर्ण रूपमा ध्वस्त पार्न लागेका केसीको यसअघि पनि सरकारले प्रहरी प्रधान कार्यालयमा सरूवा गरिदिएको थियो । उक्त प्रकरणमा पक्राउ परेका १६ जना मध्ये १० जना केसीकै नेतृत्वमा पक्राउ परेका थिए ।

तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरक मुद्दाका लागि अनुसन्धान सुरू भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरूवा भएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख जम्मा सात महिनामात्रै काम गरेका उनले नेपाल प्रहरीका सफल अनुसन्धानहरू भित्र पर्ने अनुशन्धानहरुको नेतृत्व गरेका छन् । डा केसीले सात महिनामा गरेका सफल अनुशन्धानमा भुटानी शरणार्थी पछि रहेको छ ।

२. ब्राण्डेट नक्कली रक्सी बनाउने र बेच्नेविरुद्धको अनुशन्धान
२०७९ माघ १३ गते स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरी बेच्ने गिरोह माथि कारबाही गरिएको थियो । ललितपुर कुपण्डोल स्थित एक स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम बरामद गरिएको थियो ।

यस्तै टिकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा, केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका रक्सीहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको स्टिकर बरामद गरिएको थियो

३. हुन्डी कारोबारी पक्राउ

नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश वा निर्देशन विपरीत बित्तीय कारोवार गर्दै आएका आशिष गजुरेल, दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरी समेतका व्यक्तिहरु माथि निगरानी राखी २०७९ माघ २० गते काठमाण्डौको न्युरोड र बवरमहलबाट दिपेन्द्र बहादुर मल्ल र किशोर चौधरीलाई पक्राउ गरी उनीहरुको साथबाट नगद ७८ लाख ५० हजार रूपैयाँ र मोबाईल थान ३ लगायतका समानहरु बरामद ।

४. बसपार्कको लुटपाटमा मुख्य अभियुक्तहरू पक्राउ

२०७९ फागुन १ गते काठमाण्डौमा यातायात व्यवसायीहरूको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको घटना पछि लुटपाटमा संलग्नहरुलाई २ दिनपछि पक्राउ ।

५. तिब्बतीहरूलाई नागरिकता बनाउने पक्राउ

गैह्रनेपाली तिब्बतियन व्यक्तिहरूको नेपाली नागरिकता बनाई दिने कार्यमा संलग्न रहेका कृष्ण बहादुर कटुवाललाई २०७९चैत ०५ गते अनामनगरबाट पक्राउ । त्यत्स्तै न्युल्केश श्रेष्ठलाई काठमाण्डौको बबरमहलबाट चैत ६ गते पक्राउ ।

६. ठगीमा संलग्न चिनियाँहरू पक्राउ
वाट्सएपबाट म्यासेज गरी सामानको अर्डर गर्न भन्दै झुक्याएर ४८ लाख २६ हजार ५२ रूपैयाँ ठगी गर्ने ११ नेपाली नागरिकहरूसहित चिनियाँ नागरिक पक्राउ

७. नेपाली नागरिकता बनाउने भारतीय पक्राउ
नागरिकता बनाउने टोलीबाट नागरिकताको प्रमाणपत्र लिई विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेका भारतीय १० जनालाई २०८० वैशाख २३ गते काठमाडौँको विभिन्न स्थानहरुबाट पक्राउ

८. सट्टाबाजी र क्रिप्टो करेन्सीमा कलाकारहरू पक्राउ
विभिन्न ब्यक्तिहरूको नामबाट सट्टावाजी खेल खेलाउने कार्यमा संलग्न रहेका दिनेश खड्का र अनिता धिताललाई २०८० जेठ ३० गते पक्राउ। जेठ ३१ गते सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने आरोपमा नेपाली कलाकारहरु पक्राउ ।

९. बीमामा ठगी गर्नेहरू पक्राउ
वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूले बीमा बापतको रकम दिन्छु भनी ठगी गर्ने बैदेशिक रोजागार बोर्डमा कार्यरत नायब सुब्बा पशुपति अधिकारी र सुर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीसहित सात जना पक्राउ ।

१०. लुटेराहरू पक्राउ
काठमाण्डौमा बिहानको समयमा पैदल हिड्ने महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी चोरी गरी लैजाने गरेका वाबे भन्ने रविन दमाई, रवि बिश्वकर्मा, उमेश क्षेत्री र राहुल माझीलाई पक्राउ।

११. सुन तस्करमा संलग्न पक्राउ
२०८० असार २४ गते बिहान कतारबाट काठमाण्डौ आउदै गरेका नरेश पन्जियार, दिनेश कुमार यादव, भुम बहादुर ओली, सुनिल कुमार महरा, सन्त गुलाम मुराव समेतका व्यक्तिहरूले भन्सार छली अवैध रूपमा ल्याएको सुनसहित विमानस्थलको पार्किङमा स्थलबाट २९१.५७ ग्राम सुनसहित पक्राउ । सो सुन लिन विमानस्थल पुगेकाहरुपनि २५१.१७ ग्राम सुनसहित पक्राउ ।

Advertisement

१२ बंगलादेशीलाई अपहरण गरी फिरौती माग्ने पक्राउ
बंगलादेशी नागरिक समेत ८ जनालाई बैदेशिक रोजगारीको लागि नेपाल हुदै विभिन्न देशहरुमा पठाई दिन्छु भनि बिभिन्न होटलमा बन्धक बनाइ पीडितहरूको परिवारसँग फिरौती रकम लिएको घटनामा संलग्न रहेका नेपाली तथा बंगलादेशी नागरिकहरु पक्राउ । पीडित २ जना महिला सहित ८ जना बंगलादेशी नागरिकहरुको उद्धार

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top