शेयर बजारमा सर्किटमाथि सर्किट,११३ अंकले उछाल

१२ साउन ८१, आइतबार

१३ साउन,काठमाण्डौ ।
मौद्रिक नीतिपछि साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो ।

Advertisement

दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो ।

Advertisement

४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन । १२ ः ०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे ।

माइक्रोफाइनान्स भने १० अंक (०.१८ प्रतिशत) घट्यो । बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।

Advertisement

यस दिन स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

साताको अन्तिम कारोबार दिन शुक्रबार बजार ३२ अंकले बढेर २ हजार ५६८.११ विन्दुमा बन्द भएको थियो । कारोबार भने १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक सबै समूहमा हरियाली छाएको छ । यो दिन बैंकिङ समूह उच्च अंकले बृद्धि भएको छ। यस दिन नेप्सेमा सूचीकृत २१ वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top