NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता बुधबार साउन ७ , २०८२
हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती बुधबार साउन ७ , २०८२
ट्रम्पलाई चीनले बोलायो, जाने–नजानेबारे के भने ? बुधबार साउन ७ , २०८२
विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने बुधबार साउन ७ , २०८२
Next
Prev

समाचार

अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा

आइतवार साउन १३ , २०८१
Reading Time: 1 min read
A A
अमेरिका–चीन सम्बन्ध सधैं चेतावनीकै तहमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ साउन, एजेन्सी ।
दक्षिण चीन सागरलाई लिएर अमेरिकाले चीनलाई फेरि एकपटक चेतावनी दिएको छ । खासमा लाओसमा आसियान देशका विदेश मन्त्रीहरुको बैठक जारी छ । सो क्रममा शनिवार अमेरिकी विदेश मन्त्री एंटोनी ब्लिंकेनले चिनियाँ विदेश मन्त्री वांग यीसंग भेटवार्ता गरेका थिए ।

भेटमा ब्लिंकेनले वांग यीलाई यसबारे चेतावनी दिएका हुन् । दक्षिण चीन सागरमा चीनका तर्फबाट सो क्षेत्रलाई अस्थीर गर्ने खालका हर्कतहरु भइरहेको र त्यस्ता हर्कतहरुमा लगाम लगाउन भन्दै अमेरिकी विदेश मन्त्रीले चिनियाँ विदेश मन्त्रीलाई चेतावनी दिएका हुन्।

ब्लिंकेन यतिमै मात्रै रोकिएनन् । उनले रुसको रक्षा औद्योगिक आधारलाई दिइरहेको चिनियाँ समर्थन पनि समाप्त पार्नका लागि चीनलाई सचेत गराए । उनले भने, यदी चीनले समर्थन रोक्दैन गर्दैन भने अमेरिका कडा कदम उठाउन बाध्य हुनेछ ।

Advertisement

यता चिनियाँ विदेश मन्त्रीले भने ब्लिंकेनलाई जवाफ दिदै चीनका बारेमा अमेरिकाको धारणा नै गलत रहेको बताए । उनले तर्कसंगत र व्यावहारिक चीन नीतिमा अमेरिकाले ध्यान दिएर हेर्नुपर्ने भन्दै जवाफ दिएका छन् ।

यसबीच दुवै नेताले यस्ता बैठक बाहेक पनि आपसमा कुराकानी जारी राख्नु पर्नेमा जोड पनि दिएका छन् ।अमेरिका र चीन बीच लगातार तनाव बढीरहेको छ ।  यस्तोमा हालै यूक्रेन–रूस आक्रमणमा चीनका तर्फबाट रूसको समर्थन र दक्षिण चीन सागरमा भइरहेको कारबाहीको क्रममा ताइवानलाई उसले दिएका चेतावनीहरुले अमेरिका र चीनबीचको टकराबलाई थप बढाइदिएको छ ।

यस्तै यसै साता  अलास्का नजिक  दुई रूसी र दुई चिनियाँ बम वर्षकले उडान भरेका थिए । अमेरिका र यूरोपेली संघले चीनमाथि आरोप लगाएका छन् कि रूसको रक्षा क्षेत्र मजबूत गर्न र  रूसमाथि लगाइएको प्रतिबन्धहरुका बीच चीनले हतियारहरुको आपूर्ति गरिरहेको छ।

यद्यपी चीनले भने यसलाई अस्वीकार गर्दै आएको छ ।  साथै चीनले आफूलाई एक शान्ति मध्यस्थकर्ताका रुपमा स्थापित गर्ने प्रयास पनि जारी राखेको बताएको छ ।अमेरिकी विदेशमन्त्रीको चिनियाँ विदेशमन्त्रीसंग चेतावनीयुक्त भेटवार्ता चल्दा यता भारतीय विदेशमन्त्रीसंग भने सौहार्दपूर्ण वार्ता भएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर दुई दिने भ्रमणकालागि जापानमा छन् । त्यहाँ पनि क्वाड विदेश मन्त्रीहरुको बैठक चलिरहेको छ । सो क्रममा जय शंकरले ब्लिंकेनसंग भेटवार्ता गरेका हुन् ।

सोबारे उनले सामाजिक संजालमा जानकारी दिएका छन्, जसमा उनले भनेका छन्, ’हाम्रो द्विपक्षीय एजेन्डा लगातार अगाडी बढीरहेको छ । हाम्रो कुराकानीमा क्षेत्रीय र अंतर्राष्ट्रिय मुद्दाहरुमा विस्तृत छलफल भएको छ ।

उनले क्वाड बैठकमा सहभागि हुनका लागि आफू उत्सुक रहेको पनि बताएका छन् । सन् २०१७ नोभेम्बरमा भारत, जापान, अमेरिका र अस्ट्रेलियाले हिंद प्रशांतका महत्वपूर्ण समुद्री मार्गहरुलाई कुनै पनि किसिमको प्रभावबाट मुक्त राख्नका लागि क्वाडको स्थापना गरेका थिए ।

खासमा दक्षिण चीन सागर प्रशांत र हिंद महासागरको बीच जंक्शनमा रहेको छ । चीन, दक्षिण चीन सागरका अधिकांश भागमा आफ्नो दाबी गर्छ । यता फिलिपिन्स, भियतनाम, मलेशिया, ब्रुनाई र ताइवानले पनि सो क्षेत्रमा जवाफी दाबी गर्दै आएका छन् ।

चीन र अमेरिकाले आपसको तनाव कम गर्न नसकिरहेका बेला यता भारतले भने शक्तिराष्ट्रहरुसंगको आफ्नो सम्बन्धलाई ट्रयाकमा फर्काउने प्रयास थालेको छ । उसले अमेरिका र रुससंग सन्तुलनको सम्बन्ध राख्दा अब चीनसंग पनि सम्बन्ध सुधारमा लागेको देख्न सकिन्छ।

यसको पछिल्लो उदाहरणका रुपमा गत साता भारत सरकारले प्रकाशन गरेको वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा चीनबाट लगानी भित्र्याउनका लागि सिफारिश गरिएको छ ।

सन् २०२० मा भारत र चीनका सैनिकहरूबीच गलवानमा भएको हिंस्रक भिडन्तपछि भारतले चिनियाँ लगानीकर्ताहरूमाथि लगाम कसेको सन्दर्भमा आर्थिक सर्वेक्षणको निष्कर्ष महत्त्वपूर्ण छ ।

उक्त प्रकरणपछि चीन र भारतबीच चिसिएको सम्बन्ध बिस्तारै न्यानो बन्न खोजेको संकेत यसबाट पाइएको छ । यस्तै गत साता भारतका विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग लाओसमा भएको आसियान बैठकमा भेटघाट गरेका थिए ।

उक्त भेटघाटपछि जयशंकरले दुई देशबीचको वास्तविक नियन्त्रण रेखालाई सम्मान गर्नुपर्ने बताए भने वाङले दुई देशबीचको सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्ने बयान दिए ।

सीमाविवादका कारण भारत र चीनबीच सम्बन्ध चिसिएको भए पनि भारतले चीनलाई सिन्ज्याङ क्षेत्रमा भएको भनिएको वीगर मुसलमानमाथिको दमनका लागि निन्दा गरेको छैन ।

अनि चीनले अरुणांचल प्रदेशलाई दक्षिण तिब्बत भन्दै त्यसमा दाबी पेश गरी नक्सा सार्वजनिक गरेको भए पनि भारतले तिब्बतको विषय उठाएर चीनलाई कहिले पनि चिढ्याएको छैन ।

बरू अमेरिकाले भारतमा मुसलमानहरूमाथि अत्याचार गरिएको भन्दै भारतको मानवअधिकार स्थितिका विषयमा  पटक पटक आलोचना गर्दै आएको छ ।  उसले अरुणांचलका विषयमा  पनि भारतको पक्षमा उभिदै चीनलाई चेतावनी दिदै आएको छ ।

अमेरिकाले भारतको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्दै आइरहेकाले भारतीयहरू चिढिन थालेको देखिन्छ । त्यसैले पनि भारतलाई रुससँगको मजबूत सम्बन्धका अलावा चीनसँग पनि सम्बन्ध सुधार गरी ग्लोबल साउथलाई बलियो बनाउनका लागि उत्प्रेरित गरिरहेको देखिन्छ ।

 तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुगेका  नरेन्द्र मोदीले समेत पटक पटक अबको युग एसिया क्षेत्रको युग भन्दै अमेरिकासहित पश्चिमालाई चुनौती दिँदै आएका छन् । पछिल्लो समय भारतले आर्थिक क्षेत्रमा बेलायतलाई पछि पार्दै फड्को मारेको तथ्याङले समेत अमेरिकालाई चिन्तित तुल्याउदै आएको छ ।

उदाउदो अर्थतन्त्र र विश्वकै सर्वाधिक जनसंख्या र बजार रहेको भारतलाई अमेरिकाले भने आफ्नो उच्च प्राथमिकतामा राख्ने गरेको छ ।  सन् २००० मा अमेरिकी राष्ट्रपति विलक्लिन्टदेखि यता हरेक अमेरिकी राष्ट्रपतिहरुले भारतको भ्रमण गर्दै आएका छन् ।

ओबामाले त आफ्नो दुवै कार्यकालमा गरी भारतको ६ दिने भ्रमण गरेका थिए । तर युक्रेन रुस युद्धपछि अमेरिकाका हरेक प्रस्ताव र  रुसविरुद्धका रणनीतिहरुमा भारत विपक्षमा पर्खाल बनेर उभिएको छ ।

पटक पटकको अमेरिकी आग्रह र प्रतिबन्धका बीच सबैभन्दा सस्तोमा रुसबाट इन्धन खरिद गरेर भारतले अमेरिकालाई अब आफू नझुक्ने संकेत दिइसकेको छ ।  यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #nepaltimestrending#चीनसंग हात बढाउँदै भारत#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

बुधबार साउन ७ , २०८२

विचार

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

बुधबार साउन ७ , २०८२

थप समाचार

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता
खेलकुद

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती
ताजा समाचार

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

बुधबार साउन ७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पलाई चीनले बोलायो, जाने–नजानेबारे के भने ?

बुधबार साउन ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती

बुधबार साउन ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.