१४ साउन, एजेन्सी ।
पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् ।
उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । मनिताले कन्टिनेन्टर कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।
यता ब्याडमिन्टनतर्फ आजै राति १२ बजेर ५५ मिनेटमा प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दैछन् । प्रिन्सले समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्दैछन् ।
नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् । समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्नेछन् ।
समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए। यसअघि पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि बाहिरिएका छन् । पौडीकी डुवाना लामा पनि पहिलो चरणबाटै बाहिरिएकी हुन् ।