×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

‘थ्रेसहोल्ड’ बढाउने भन्दै शंकरले हल्लाए नेताका मुटु

१५ श्रावण २०८१

१५ साउन , काठमाण्डौ।

एमालेसहितका नेताकार्यकर्ता ल्याएर कम्युनिस्ट पार्टी एकता गर्ने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालदेखि बामदेव, विप्लव लगायतले बुन्दै गरेको योजनालाई एमाले महासचिव शंकर पोखरेलले ब्रेक लगाइदिएका छन् । उनले प्रतिपक्षमा रहेका यी नेताहरुको यो प्रयासलाई प्रहसन समेत भनेका छन् ।

Advertisement

पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने समेत दाबी गरेका छन् । मंगलबार घोराहीमा आयोजित एक कार्यक्रममा पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भइसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत बताए ।

उनले साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको धारणा राखे ।

दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गरे । अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उनले बताए।

उनले यसमा माधव नेपाललाई लक्षित गरेका हुन् । उनले स्थायित्व र विकासका लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको औंल्याए । पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको बताएका छन् ।

लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनको भनाइ छ । पोखरेलले भने, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ ।

मिलेको छ त ?’ ‘त्यही चिज सुधार्न खोज्दाखेरि चाहिँ साना पार्टी रिसाउँछन् भन्ने कुरा हुन सक्दछ ? लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने त जनता रिसाउँछन् भन्न सक्नुपथ्र्यो नि,’ उनले भने । यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताए ।

लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले भने, ‘दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ भन्ने मान्यतालाई स्थापित गर्नलाई नै प्रमुख दुई दलहरु मिलेका छन् भन्ने कुरालाई बुझ्नुपर्दछ ।’ यता प्रचण्ड–माधव नेपालहरु भने बाम एकताको प्रयासमा लागेका छन् ।

यसका लागि आपसमा बैठक, छलफल पनि चलाउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत यी नेताहरुले नेपालका सबै कम्युनिष्ट दलहरु मिल्नु पर्ने आवस्यकता रहेको बताउँने गरेका छन् । शनिबार पनि प्रचण्डले सबै कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाइने बताएका थिए ।

उनले एमालेमै कतिपय साथीहरुले यस्तो चाहेको भनेका थिए । यस्तै उनले ठूला दुई दलले ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाएका थिए । गएको आम निर्वाचन–२०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ४७ दल सहभागी थिए ।

तर, ७ दल मात्रै राष्ट्रिय दल बन्न सके । अन्य ४० दलले भने थ्रेस होल्ड कटाउन सकेनन् । प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन । यस्तै माधव नेपालले पनि बाम एकतालाई सार्थकता दिइने भन्दै देउवाको समेत शरीर एमालेसंग तर मन आफूहरुसंग रहेको बताएका थिए ।

बामदेवले पनि माधव–प्रचण्डलाई एउटै कम्युनिस्ट पार्टी बनाउँन प्रस्ताव गरेका थिए । तर एमालेका महासचिवले भने बामपन्थीहरुको एकता एकादेशको कथा भन्दै यो च्याप्टर नै क्लोज भएको प्रतिक्रिया दिएका हुन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top