दैनिक अण्डा खाँदा यस्ता फाईदा हुन्छन्

१ असोज ७५, मंगलबार

एजेन्सी,असोज २
धेरैजसो व्यक्तिलाई अण्डा खानुपर्छ भन्नेबारे थाहा हुन्छ तर, कम व्यक्ति मात्र अण्डाका फाइदाबारे जानकार हुन्छन्।

अण्डामा प्रोटीन र एमिनो एसिड प्रशस्त मात्रामा रहेको हुन्छ। प्रोटीन र एमिनो एसिड स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।अण्डा विभिन्न प्रकारका भिटामिनको स्रोत पनि हो।यसमा भिटामिन ए,डी, ई बी टुभेल प्रशस्त मात्रामा रहेको हुन्छ।

अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ। त्यस्तै गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता र्पुयाउँछ। धेरै मानिसलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्या आउँछन्।नियमित अण्डा खाँदा यस्तो समस्या आउँदैन।

अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले खाँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयुक्त हुन्छ। अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत गर्छ।दूध, दहीजस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले हड्डीसम्बन्धी समस्या हटाउन मद्धत गर्छ।

एक अध्ययनका अनुसार दैनिक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या कम भएको पाइएको छ। चीनको ‘हार्ट जर्नल’मा प्रकाशित समाचार अनुसार अण्डा खाने र नखाने ४ लाख व्यक्तिलाई अध्ययनमा सामेल गराएको थियो।

दैनिक अण्डा खाने व्यक्ति अण्डा नखाने व्यक्तिको तुलनामा स्वस्थ्य भएको भेटिएको छ। सो रिपोर्टअनुसार अण्डा खाने व्यक्तिमा मृत्यु दर ज्ञड प्रतिशत कम देखिएको छ।

मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा हार्ट अट्याक,स्ट्रोक तथा अरु रोगको खतरा रहेको हुन्छ। पछिल्लो समय धेरैजसो व्यक्तिमा ब्लड प्रेसर,मोटोपन र ब्लड सुगरको समस्या देखिने गरेको छ।यस्ता समस्याले मुटुसम्बन्धी रोग लाग्नमा ठूलो भूमिका खेलेको हुन्छ।

यसका साथै खानपानमा लापरवाही,धुमपान तथा अल्कोहलको सेवनबाट पनि मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ। त्यसैले यस्ता खानेकुराबाट टाढै रही सन्तुलित खाना खाने गरौं।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top