×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

काभामा आज नेपाल र भारत भिड्दै

१९ श्रावण २०८१

१९ साउन, काठमाण्डौ।

आज काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने खेलमा नेपाल भारतमाथि पहिलो जितको खोजीमा हुनेछ । महिला भलिबलमा दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले भारतको सामना गरेको थियो ।

Advertisement

जुन खेलमा नेपालले भारतलाई टक्कर दिएको थियो । तर, पाँचौँ तथा निर्णायक सेटमा नेपाल पराजित हुँदै भारतलाई उपाधि सुम्पिएको थियो । भारतविरुद्ध नेपालको त्यही फाइनल खेलको प्रदर्शन नै अहिलेसम्मको उत्कृष्ट हो । अहिलेसम्म भारतलाई हराउन नसकेको नेपाली महिला टिमले जारी काभा महिला भलिबलको आफ्नो दोस्रो खेलमा भारतको सामना गर्न लागेको हो ।

भारतलाई हराएमा नेपालले इतिहास नै बनाउने छ । नेपाली महिला टिमकी कप्तान अरुणा शाही यसपटक तयारी राम्रो रहेकाले उपाधि नै हात पार्ने दाबी गर्छिन् । ’यसपटक तयारी राम्रो गरेका छौँ । भारतलाई हराउने मात्रै होइन, उपाधि नै जित्न चाहन्छौँ,’ शाहीले पत्रकार सम्मेलनमा भनेकी थिइन् । सिनियर र युवा खेलाडी टिममा रहेकाले नतिजा राम्रो आउने शाहीको दाबी छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको सुरुवात गरेको छ । दोस्रो खेलमा भारतविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने शाही बताउँछिन् । सुरुवाती दुवै खेल जितेको भारत लयमा देखिएको छ । त्यसैले भारतलाई हराउन नेपाललाई सानो मेहनतले भने पुग्ने छैन । भारतले यसअघि पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित पराजित गरेको थियो ।

नेपालले भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । त्यसैले नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने भारत लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । आज राखेप कभर्डहलमा नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल स्मरण गराउने छ ।

Advertisement

जतिबेला पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो । यस नेसन्स लिगमा राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ । नेपालका प्रशिक्षक जगदीश भट्टले माल्दिभ्सबाहेक प्रतिस्पर्धी अन्य चार टोलीको समान हैसियत भएको जनाएका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top