विराटनगर,असाज ३
प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले संविधान दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेका छन । प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित समारोहमा प्रदेश प्रमुख तुम्बाहाङले शुभकामनासमेत दिए ।
लामो राजनीतिक अस्थिरतापछि जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले संविधान कार्यान्वयनसँगै देशमा शान्ति, समृद्धि र विकासका योजनाहरु अगाडि बढ्ने बताए ।
तुम्वाहाङले संविधान दिवसले नेपालीलाई संविधानप्रति प्रतिबद्ध बन्ने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सरकार, राजनीतिक दल र प्रदेशवासीलाई एकताबद्ध भएर मुलुकको समृद्धिमा लाग्न आग्रहसमेत गरे ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा गृहमन्त्री हिक्मत कार्की, पर्यटनमन्त्री जयदिश कुसियत, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, विभिन्न राजनीतिक दलका नेता, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।