×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (फोटो फिचर)

२६ श्रावण २०८१

२६ साउन, काठमाण्डौ ।

                                                  काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान छ ।

Advertisement

त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो ।

 

 

जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ ।

 

                                                                   अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा ठूलो बाढी आयो ।

                                                                                                 बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा बाढी नै पस्यो ।

                                                                                       जसले नदी किनार छेउका बस्तीहरु डुबानमा परे । अझै पनि सो बस्तीहरुमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।

                                                                      बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरु बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ ।

                                                                           अहिले नदी किनारमा उपत्यकावासीले गरेको÷फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ । प्लाष्टिकजन्य फोहोरहरु यत्रतत्र देख्न पाइन्छ ।

                                               जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदांगो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ ।

 

                                                       किनपनि भने अनुशाषित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ । यस्तो फोहोरका कारण रोगहरु निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top