×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

आज कहाँ छ बाढीको जोखिम ?

२६ श्रावण २०८१

२६ साउन, काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण अहिले देशभर बदली रही कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ । आज राति पनि देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा मधेशका थोरै स्थानमा मेघ गर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुनेछ ।

Advertisement

आगामी २४ घण्टामा देशभर बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार पनि देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । आइतबार राति पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै सोमबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यसैबीच सुर्खेतको भेरी नदी समजिघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले भेरी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, कालिकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top